विवादित ट्वीटमाथि शंकर पोखरेलको सफाई : गलत अर्थ लागेपछि हटाएँ

भदौ २१

विवादित ट्वीटमाथि शंकर पोखरेलको सफाई : गलत अर्थ लागेपछि हटाएँ

Shankar Pokharel (1)काठमाडौं–आफ्नो ट्वीट विवादमा परेको विषयमा एमाले नेता शंकर पोखरेलले आफ्नो धारणा राखेका छन् ।

नेता पोखरेलले मंगलबार बिहान मधेसी मोर्चाले असोज ३ लाई कालो दिनको रुपमा मनाउने तयारी गरेको प्रति व्यंग्य गर्दै ट्वीट गरेका थिए ।

तर, उनको ट्वीटले मधेसी समुदायलाई ठेस पुर्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना शुरु भएको थियो । नेता पोखरेलले लगत्तै उक्त ट्वीट हटाएका थिए ।

रातोपाटीसँगको टेलिफोन कुराकानीमा उनले आफ्नो गलत मनसाय नरहेको तर मान्छेहरुले गलत अर्थमा बुझ्न थालेपछि हटाएको बताए ।

‘मेरो मनसाय कालो दिन भन्नु उचित हैन भन्ने थियो, मान्छेहरुले गलत अर्थमा बुझ्न थालेपछि हटाएँ ।’ नेता पोखरेलले भने ।

यस्तो थियो विवादित ट्वीट –एमाले नेता शंकर पोखरेलको ट्वीट विवादमा


tweet

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल