अमेरिकी टिप्पणीप्रति पाकिस्तान रुष्ट

भदौ १६  |   रासस/सिन्ह्वा

अमेरिकी टिप्पणीप्रति पाकिस्तान रुष्ट

 

इस्लमावाद  – पाकिस्तानी एक वरिष्ठ सुरक्षा सल्लाहकारले पाकिस्तानका बारेमा हालैमात्र संयुक्त राज्य अमेरिकाले गरेको टिप्पणीको खण्डन गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सम्बद्ध सल्लाहकार सरताज अजिजले अमेरिकाको खण्डन गरेका छन् ।

हाल पाकिस्तानको भ्रमणमा रहेकी अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइसले पाकिस्तानमा हक्वानी नेटवर्कको ठूलो सञ्जाल रहेको र उसले पाकिस्तानी माटोबाटै अफगानिस्तानमा हमला गर्ने गरेको भनाई राखेका थिइन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार राइसले सोमबार सो धारणा राख्नुभएको मात्र नभई पाकिस्तानमा हालैका दिनमा उक्त नेटवर्कको बढ्दो सञ्जाललाई रोक्नका लागि पाकिस्तानले तत्कालै पहल गर्न सुझाव पनि दिएकी थिइन् ।

उनले पाकिस्तानी प्रधानमन्त्रीका साथै अन्य वरिष्ठ सुरक्षा अधिकारीहरुलाई सोमबार गर्नुभएको भेटका क्रममा पाकिस्तानमा बसेर अफगानिस्तानमा कहाँ र कसरी हमला गर्ने भन्ने योजना सो हक्वानी नेटवर्कले बनाउने गरेको बताएकी थिइन् ।
susan rice

उनले यस विषयमा दिएको सल्लाह र सुझावको समाचार सोमबार नै पाकिस्तानी मिडियामा आएको थियो ।

अमेरिकी सल्लाहकारले गरेको सो टिप्पणीको एक दिनपछि पाकिस्तानी वरिष्ठ सुरक्षा सल्लाहकार अजिजको यो प्रतिक्रिया आएको हो ।

अमेरिकी सुरक्षा सल्लाहकार राइसले पाकिस्तानमा सुरक्षा अधिकारीका साथै वरिष्ठ पत्रकारहरुसँग पनि भेटघाट गर्नुभएको र सो भेटका क्रममा आफूले पाकिस्तानी अधिकारीहरुसँग अफगानिस्तानका बारेमा चासो व्यक्त गरेको जानकारी दिएकी थिइन् ।

यसैबीच सल्लाहकार अजिजले हालैमात्र भारतसँगको वार्ताको एक प्रसंगमा राष्ट्रिय सुरक्षा तहको वार्ता तत्काल असम्भव भएको टिप्पणी हिजो गरेका थिए ।

तर उहाँले सीमा सुरक्षाका विषयमा भने आगामी हप्ता वार्ता हुने बताएका थिए ।
सल्लाहकार अजिजले नेसनल सेक्युरिटी एडभाइजर तहको दुई देशबीच भारतको नयाँदिल्लीमा हुने भनिएको वार्ता भारतीय पक्षबाट आएका पूर्व सर्तहरूका कारण हुन नसकेको बताएका छन् ।

भारत र पाकिस्तानबीच बिगत लामो समयदेखि नै वार्ता हुन सकेको छैन । गएको हप्ता हुने भनिएको राष्ट्रिय सुरक्षा तहको वार्ता अन्तिम समयमा रद्द भएको बताइएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल