सन्दर्भः असार पन्ध्र : हराउँदै असारे भाका–संस्कृति

१५ असार  |   रामहरि गजुरेल

सन्दर्भः असार पन्ध्र : हराउँदै असारे भाका–संस्कृति

ropain (4)...नुवाकोट – असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो…… ।
खडेरीले फाटेको यो मन असारमै जोडौँला,
लाठे बनी आउ कान्छा, सँगै पिरती गाँसौला…..।

आज असार पन्ध्र । विशेष गरी आजको दिन धान रोपाइ गरी दही र चिउरा खाएर यो कृषि पर्व मनाइदै छ । कृषि सभ्यतामा असार महिनालाई मानो खाएर मुरी उब्जाउने अवसरको रुपमा लिने गरिन्छ । सँगसँगै विषेश महत्व बोकेको नेपाली समाजको मौलिक पहिचान मानिने असारे भाका र संस्कृति भने लोप भइरहेको छ ।
असारको चटारोले छोपिसकेको छ । विगतमा बेठी चलनलेसमेत चर्चा पाउने जिल्ला नुवाकोट र रसुवाका फाँट र खेतहरुमा यि र यस्ता गित, संस्कृतिको खासै गुञ्जायस र गन्ध पनि अहिले आउँदैनन् । यसपालीको असारमा रोपाहार दिदीबहिनीहरुले कतैकतै लोप हुनै लागेको असारे गित कनिकुथी जानीनजानी गाउँदै धान रापाईँमा व्यस्त रहे त कतै आधुनिक चल्तीका मात्र गित सुनिए । तर, वास्तविक असारे गित र संस्कृति झल्काउने भाका गुञ्जिएको कतै सुनिएनन् । असारको महत्व घट्दै गएको हाम्रो समाजमा रोपाईँ पर्व मात्रै रोपाइको निरन्तरताको लागि सिमित भइरहेको छ ।
असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन । यसरी गीत गाउँदै हिलो खेल्दा एकातिर आपसमा मित्रता बढेर हर्ष खुशी छाउछ कुण्ठा हट्छन् भने अर्कोतिर चर्मरोग पनि निको हुन जनविश्वास रहेको छ । रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने गरिन्छ। नेपाली समाजमा पूर्वीय परिकार दही चिउरा असारमा र साउनमा खीर भन्ने गरिन्छ । असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हुँदा हिउँदको शुरुवात भयो भन्ने गरिन्छ ।
नुवाकोट खानिगाउँका यादवराज पाण्डेका अनुसार संस्कृतिविद् विगतमा निकै चर्चा–परिचर्चा र कृषकहरुको दिनचर्या अनि व्यस्ततालाई चिनाउने खालका मौलिक संकृतिभित्रको एउटा पाटोको रुपमा असारे गितलाई लिने गरिन्छ । तैपनि पछिल्लो समयमा यसको अस्थित्व संकटमा परेकोमा यहाँका संस्कृतिकमी र बुद्धिजिवीहरुका लागी चिन्ताको विषय बनेको छ । आधुनिकताको मारमा अन्य संस्कृति परेसरह असारे गीत पनि संकटमा परेको संस्कृतिविद्हरुको ठम्याई छ । ‘टेलिभिजन, रेडियो र आधुनिक संञ्चारका साधनहरुको बढ्दो चापसँगै संस्कृति मारमा परेको हो’, संस्कृतिविद् यादवराज पाण्डे बताउँछन् ।

छुपु र छुपु धान नै रोपौँ हातैको बर्माले,
झ्यालमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले…..।
पुर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर,
पटुकी कसी, घुम ओढी आएँ रोपार बनेर…….।
धेरै प्रचलित असारे भाकाको यो टुक्का नुवाकोट जिल्लामा पनि लस्काई–लस्काई गाइन्छ तर, हिलो, मैलो र रमझम पानीको मौसममा हुपर्नेमा एफएम रेडियोमा मात्रै सुनिन थालेको छ । माथि उल्लेख गरिएको गितले यस्तै कुराको संकेत गर्छ । असारे गितले कृषकहरुको दिनचर्यालाई अझ मेहनती बनाउन प्रेरित गर्छ । मानो छरेर मुरी उब्जाउने बेलामा यि र यस्तै गितहरु यहाँका हरेक फाँटहरु र ग¥हाहरुमा गुञ्जन्थे । तर, आजभोली यस्ता गित र भाकाहरु विरलै मात्र सुनिन थालेका छन् ।

ropain (5)...बाबामाज्यूको गैरीमा खेत राम्ररी बिराइदेऊ,
सुन र चाँदी चाहिँदैन मलाई दौँतरी मिलाइदेऊ….. ।

मन रुन्छ भन्छिन् आमा, रिमझिम पानी आउँदाखेरी
खेत–बारीनी बाँझै देख्छु, असार मास लाउँदाखेरी…..
यि गितको भाव पनि असारको महिनालाई व्यस्त बनाउँन प्रयाप्त हो तर, कृषिमा देखिएको मल, विउ र सिँचाईको अभावले सबै क्षेत्र निराजनक बनेको छ । सरकारले किसानलाई न मल पु¥याउन सकेको छ, न सिँचाई नै । अर्कोतर्फ भूकम्पले सबैतिर क्षतविक्षेत बनेको अहिलेको यस्तो अवस्थामा असारको रौनक भन्दा पनि पिडा थपिएको छ, किसानको टाउकोमा । कृषिमा आधारित नेपाली अर्थतन्त्रलाई सुदृढ बनाउन कृषि उत्पादकत्व बढाउनुपर्नेमा कृषि विज्ञहरुको जोड छ । तर परम्परादेखिका यस्ता संस्कृतिहरुलाई पनि जोगाउन जरुरी देखिन्छ । सुनको दानाको उपनाम पाएको धानको महत्व आफैँमा छ । धान रोपाईँ गर्दा गर्दा हराउँदै गएका असारे गितहरुको पनि संरक्षण र संवद्र्धन गर्नुपर्ने आवश्यकता छ ।

अर्मपर्म मेलापात सँगसँगै धाउन आउ,
बर्खा लाग्यो यसपाली त चोखो मायाँ लाउन आउ…..।

मानो रोपी मुरी उब्जाउने बेलो हो यो मित्र,
हिलो छ्याप्दै प्रिय असारे गित गाउन आउ……।
गाउँले झयाउरे भाकामा असारे गित गुन्गुनाउँदै किसानहरुले हिलोमा काम गरिरहेको दृशयले जो कोहीलाई पनि लोभ्याउने गर्दछ, यो सबैका लागी रहरको विषय पनि हो । असारे संस्कृति न असारे गित गाउनेहरुप्रति सम्मान पनि छैन । बेठी प्रचलन त अब पुरै लोप भैसक्यो । नुवाकोट जिल्ला आफैँमा विशिष्ट परम्परा बोकेको जिल्ला भएकोले यहाँका नाच, कला र संस्कृतिहरु आदीसँगै असारे गितको पनि संरक्षणका लागि यहाँका संघसंस्था, वुद्धिजिवी र सञ्चारकर्मीहरुले सामुहिक पहल गर्नुपर्नेमा विज्ञहरुको जोड छ । तर, यहाँ यस्ता प्रकारका कुनैपनि पहल भने भएको देखिएको र सुनिएको छैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल