प्रोडक्ट रिभ्यू : हलमा चलेकै दिन हाम्रो मूभीमा नेपाली चलचित्र

प्रोडक्ट रिभ्यू : हलमा चलेकै दिन हाम्रो मूभीमा नेपाली चलचित्र

कारण जेसुकै होस्, सन्दर्भ जेसुकै होस्, विदेश जाने जोसुकैले आफ्नो देश ‘मिस’ गर्छ । आफ्नो ठाउँमा मिस गर्ने अनेक थोक हुन्छन् नै । आफन्त, खाना, मौसम, जीवनशैली आदि । यति कोही सिनेमाप्रेमी छ भने उसले ‘मिस’ गर्ने कुरामा सिनेमा पनि अघिल्लो सूचीमै पर्छ । अझ नेपाली सिनेमाप्रेमी त निकै व्याकुल हुन्छन् । किनकि नेपाली सिनेमा विश्वव्यापी प्रदर्शन हुने गरेको छैन । युट्युबजस्ता इन्टरनेट च्यानलले हलमा चलेको वर्षदिन पछि मात्रै सिनेमा ‘अपलोड’ गर्छन् ।

खुसीको कुरा, नेपाली सिनेमाप्रेमीको यो व्याकुलता बुझेर एउटा साइट जन्मिएको छ– www.hamromovie.com

hamro movie

हाम्रो मूभी डटकममा प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा भन्छन्, ‘हाम्रो पहिलो लक्ष्य भनेको हलमा रिलिज हुनेबित्तिकै हाम्रो मूभिमा पनि सिनेमा आओस् । र, विश्वभरि बस्ने नेपालीले कम्युटर वा टिभीमा कनेक्सन गरेर हलमा चलिरहेको नयाँ सिनेमा हेर्न पाउन् ।’

त्यसको लागि हाम्रोमूभी डटकमले अहिले ‘सब्सक्रिप्सन मोडल’ र प्रिमियम मोडल प्रयोग गरेको छ । पत्रिका वा च्यानलको ग्राहक बनेजस्तै मासिक ५.९९ यूएस डलर तिरेर यसको ग्राहक बन्न सकिन्छ । त्यति गरेपछि साइटमा ‘अपलोड’ सम्पूर्ण सिनेमा मनलागेको बेला हेर्न सकिन्छ । अहिले ४८ वटा सिनेमा साइटमा राखिएको छ । ‘ती सिनेमा सबै नयाँ भन्ने होइन । तर यूट्युबमा नआएका १० भन्दा बढी सिनेमा पनि छन् । हलमा चलिरहेको वा नयाँ सिनेमा हेर्नका लागि ग्राहकले प्रिमियम मोडल प्रयोग गर्न सक्छन् । त्यसअन्तर्गत ग्राहकले छुट्टै शुल्क तिर्नुपर्ने हुन्छ ।’, उनले भने ।

हाम्रोमूभी डटकमको पहिलो लक्ष्य नै विदेशमा बस्ने नेपाली हुन् । पहिलो चरणमा अमेरिका, अस्ष्टे«लिया, यूके, कोरिया र जापानलाई लक्षित गरिएको छ । यसमा क्रेडिट कार्ड, डेबिट कार्ड, मास्टर्स कार्ड, भिजा कार्ड, डिनर्स क्लब, अमेरिकन एक्सप्रेस आदिबाट शुल्क तिर्न सकिन्छ ।

साइटमा दुई सातामा नै केही समयअघिमात्रै हलमा हिट भएको सिनेमा ‘पशुपतिप्रसाद’ र ओस्कार अवार्ड नोमिनेसनका लागिसमेत छनोट भएको सिनेमा ‘सुनगाभा’ अपलोड हुँदैछ । त्यसैगरी नेपाली पोर्न स्टार भनेर चर्चामा आइरहेकी अर्चना पनेरुको सिनेमा ‘जिस्म’ र ‘छेस्को’ हलमा रिलिज भएकै दिन साइटमा अपलोड हुनेछ ।

हाम्रोमूभी डट कमको अफिसियल सुरुवात भएको ६ महिना पुग्न लागेको छ । सापकोटा भन्छन्, ‘पहिलो चरणमा चाहिँ यसमा एउटा सिनेमाको पाँच डलर तिर्नुपथ्र्यो । त्यसो गर्दा पनि सिनेमा राम्रै बिक्रि भयो । एकैजनाले धेरै सिनेमा किनेको देखियो । त्यसो गर्दा धेरै सिनेमा हेर्नेको त धेरै पैसा खर्च हुने देखियो । त्यसपछि हामीले मासिक ग्राहक बनेपछि उपलब्ध जति पनि सिनेमा हेर्न पाउने प्रावधान राख्यौं । त्यस्तै हलमै चलिरहेकै सिनेमा हेर्नका लागि भने प्रिमियर मोडल अपनायौं ।’

subash sapkota (2)

०००
हाम्रोमूभी डटकमले अब हलमा चल्नेबित्तिकै सिनेमा राख्ने योजना बनाउँदैछ । सापकोटा भन्छन्, ‘अहिले हामीसँग १९७ वटा सिनेमाको कन्टेन्ट राइट छ । यसलाई बढाएर नयाँ आउन लागेको सिनेमाको ग्लोबल राइट लिँदैछौं । त्यसो हुँदा हामीले यसलाई विश्वभर देखाउने अधिकार पनि प्राप्त गर्नेछौं । त्यसपछि हामी सिधै साइटबाट नै नयाँ सिनेमा देखाउँछौं ।’

साइटमा दुई सातामा नै केही समयअघिमात्रै हलमा हिट भएको सिनेमा ‘पशुपतिप्रसाद’ र ओस्कार अवार्ड नोमिनेसनका लागिसमेत छनोट भएको सिनेमा ‘सुनगाभा’ अपलोड हुँदैछ । त्यसैगरी नेपाली पोर्न स्टार भनेर चर्चामा आइरहेकी अर्चना पनेरुको सिनेमा ‘जिस्म’ र ‘छेस्को’ हलमा रिलिज भएकै दिन साइटमा अपलोड हुनेछ ।

नेपाली सिनमा बनिसकेपछि हलबाहेक बजारमा जाने तीन वटा तरिका छ । डिभिडी, स्याटेलाइट च्यानल अर्थात टिभी च्यानल र युट्युब । ‘अहिले डिभिडीको चलन बिस्तारै घट्दै गइरहेको देखिन्छ । त्यसमा पनि ढिलोमात्रै आउने भएकाले त्यसको आकर्षण कम छ । टिभी च्यानलप्रति आकर्षण पनि खासै देखिँदैन । युट्युबबाट अत्यन्तै कम आम्दानी भइरहेको हुन्छ । त्यसैले हामीले अन्य देशमा भइरहेको अभ्यासलाई यहाँ भित्र्याउन खोजेका हौं ।’, उनले भने ।

हाम्रोमूभी डटकममार्फत सुरु भएको यो कदमबारे सिने क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आइरहेको उनले बताए । ‘कसैले एउटा सिनेमा बनाएर विदेशमा देखाउन चाह्यो भने एक बर्ष त्यत्तिकै जान्छ । तर हामीमार्फत जाँदा विश्वभर एकैपटक रिलिज गर्न सकिन्छ । त्यसो त सबै सिनेमा विदेश जाँदैनन् । तिनलाई पनि हामीमार्फत जान सजिलो हुन्छ । यसरी अरूले नदेखेको बजार हामीले पत्ता लगाएका छौं । त्यसैले सपोर्ट भइरहेको छ ।’, उनले बताए ।

subash sapkota (3)

नेपालमा सेवामूलक व्यवसाय ‘सब्सिक्रिप्सन मोडल’ चलेका छैनन् । त्यसैले पनि सुरु गर्दा निकै धुकचुक थियो हाम्रो मूभी टिमलाई । तर विनाप्रमोसन नै धेरै सब्सक्राइब देखेपछि उनीहरू उत्साहित छन् । त्यसो त अमेरिकामा यस्तै प्रकृतिको काम गर्ने नेटफ्ल्क्सि मल्टिबिलियन कम्पनी बनिसकेको छ । विदेशमा बस्ने धेरै नेपाली यसका ग्राहक बनिसकेका छन् । जहाँ अंग्रेजी फिल्म, टिभी सेरिज हेर्न पाउँछन् । त्यसैले विदेशमा नेपाली ‘कन्टेन्ट’कै ग्राहक बनाउन गाह्रो नहुने टिमको बुझाइ सही प्रमाणित हुँदै गइरहेको छ । त्यसैले बिस्तारै सिनेमाका साथै टिभी सेरिज, क्रिकेट, फुटबल आदिका हाइलाइट, सर्टमूभी, डकुमेन्ट्रीसमेत साइटमा राख्ने योजना हाम्रोमूभी डटकमको छ ।

०००

हाम्रोमूभी डटकमले सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ । सुरक्षाकै कारण ‘पेमेन्ट गेटवे’मा क्रेडिट कार्ड, मास्टर कार्ड आदिको सूचना दिन ग्राहक हिच्किचाउन सक्छन् । ‘नम्बर लिक’ हुने हो कि भन्ने आशंका पनि हुन्छ । त्यसमा हाम्रोमूभीले सचेतता अपनाएको छ । ‘विश्वमा चर्चित हुलु, नेटफ्ल्क्सि जस्ता यही प्रकृतिको मल्टीबिलियन डलर कम्पनीले अपनाएकैजस्तो सेक्युरिटी र पेमेन्ट मोड्युल हामीले इन्टिग्रेट गरेका छौं । त्यसैले सम्पूर्ण सूचना सुरक्षित हुन्छ, हामीले पनि प्राप्त गर्दैनौं । त्यस्तै साइटमा एसएसएल सर्टिफिकेट पनि इन्टिग्रेट गरेका छौं । त्यसैले हाम्रो साइटमा एचटीटिपीएस आउँछ । भेरी साइनलगायत सुरक्षाका सम्पूर्ण टुल्स इन्टिग्रेट गरेका छौं । त्यसैले चोरीलगायतका कुरामा नियन्त्रण छ ।’ सापकोटाले भने ।

त्यस्तै अन्य भाषाका सिनेमालाई पनि साइटमा राख्ने योजना बनिरहेको छ । नेपालमा बन्ने अन्य भाषाका करिव १० सिनेमा राख्ने अधिकार हाम्रोमूभिले लिइसकेको छ । तर त्यसलाई चाहिँ ‘सब्सक्राइबर’को मागअनुसार राख्ने योजना रहेको सापकोटाले बताए ।

हाम्रो मूभीले ‘कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी’ अन्तर्गत नेपाली सिनेउद्योगलाई उकास्न सहयोग हुने काम पनि गर्न खोज्दैछ । त्यसको लागि केही समयमै ‘सर्ट मूभि कम्पिटिसन’ आयोजना गर्ने योजनामा छ । त्यहाँबाट आएका सामाग्री पनि साइटमा हेर्न सकिने व्यवस्था मिलाइँदैछ । त्यस्तै नयाँ पुस्तालाई प्रोत्साहन गर्न डकुमेन्ट्रीलगायतका प्रतियोगिता पनि योजनामा छ ।

त्यस्तै अन्य भाषाका सिनेमालाई पनि साइटमा राख्ने योजना बनिरहेको छ । नेपालमा बन्ने अन्य भाषाका करिव १० सिनेमा राख्ने अधिकार हाम्रोमूभिले लिइसकेको छ । तर त्यसलाई चाहिँ ‘सब्सक्राइबर’को मागअनुसार राख्ने योजना रहेको सापकोटाले बताए ।

त्यस्तै यसले मलेसिया, दुबईमा बस्ने नेपालीलाई पनि आफ्नो योजनामा समेटेको छ । त्यसैले अहिले डलरबाटमात्रै कारोबार गर्न मिल्ने प्रणालीलाई परिवर्तन गरी कुनै पनि देशको मुद्रामा कारोबार गर्न मिल्ने बनाउन लागिएको उनले जानकारी दिए ।

साइटको मेलमा आएका प्रतिक्रियाले समूह उत्साहित छ । त्यहाँ भनिएको हुन्छ, ‘तपाईंहरू नयाँ मूभी ल्याउनुस्, हामी ५.९९ होइन, १० डलर पनि तिर्न तयार छौं ।’ ‘हामीले नयाँ सिनेमा हेर्न दुई वर्षसम्म कुनुपथ्र्यो । अहिले त हलमा चलेको दुई महिनामै हेर्न पाइएको छ । अझ हलमै चलेको समयमा हेर्न पाए हुन्थ्यो ।’

subash sapkota (1)

०००

सफ्टवेयरको क्षेत्रमा लोकप्रिय काम गरिरहेको विधि प्रालिका सापकोटा, नेपाली सिनेमालाई युट्युबमार्फत दर्शकसमक्ष पुर्याइरहेको हाइलाइट्स् नेपालका ओम गुरुङ र हाम्रो पात्रो एप्स निर्माणकर्ता शंकर उप्रेतीको समूहले सुरु गरेको यो कामको सकारात्मक प्रतिक्रिया आइरहेको छ ।

साइटको मेलमा आएका प्रतिक्रियाले समूह उत्साहित छ । त्यहाँ भनिएको हुन्छ, ‘तपाईंहरू नयाँ मूभी ल्याउनुस्, हामी ५.९९ होइन, १० डलर पनि तिर्न तयार छौं ।’ ‘हामीले नयाँ सिनेमा हेर्न दुई वर्षसम्म कुनुपथ्र्यो । अहिले त हलमा चलेको दुई महिनामै हेर्न पाइएको छ । अझ हलमै चलेको समयमा हेर्न पाए हुन्थ्यो ।’ ‘यहाँ सिनेमा हेर्न हलमा जानुपर्दा २०–२५ डलर तिर्नुपर्छ । त्यसैले हाम्रोमूभी महँगो छैन । यसलाई अझ बढाए पनि हुन्छ ।’

यस्ता प्रतिक्रियाबीच अष्ट्रेलियामा बसिरहेका एक दम्पत्तिले पठाएको प्रतिक्रिया सापकोटा जहिल्यै सम्झिरहन्छन् । उनीहरूले लेखेका थिए, ‘हामी यसरी नै घरमा बसेर नेपाली सिनेमा हेर्न सपना देख्थ्यौं । त्यो पूरा भएको छ । तपाईंहरूलाई धेरै धन्यवाद । हामी अरूलाई पनि यो कुरा सुनाउँनेछौं ।’

यस्ता सकारात्मक प्रतिक्रियासँगै नयाँ सिनेमा राख्ने चुनौती पनि समूहलाई थपिँदै गएको छ । तर उनीहरुले त्यसको चाँजो पनि मिलाइसकेका छन् । अहिले पनि हलमा चलेको दुई महिनाभित्र सिनेमा साइटमा हाल्न सक्ने स्थितिमा छन् उनीहरू । ‘यूजर’को ‘रेस्पोन्स’ राम्रो हुँदै गएमा हलमा चलेसँगै साइटमा सिनेमा उपलब्ध हुने वातावरण ६ महिनाभित्र मिल्नेगरी हाम्रो मूभीले अधिकार लिइसकेको छ । अहिले नै सिनेबजारको ६० प्रतिशत ‘कन्टेन्ट’ राख्ने अधिकार हाम्रो मूभीसँग हुनु यसको बलियो पक्ष हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल