थ्रिलर ‘अनागत’ मा प्रियंका र अर्पण

वैशाख २४

थ्रिलर ‘अनागत’ मा प्रियंका र अर्पण

काठमाडौं – चलचित्र लेटर मार्फत निर्देशनमा डेब्यु गरेका सम्तेन भुटियाले अब नयाँ चलचित्र अनागत ल्याउने भएका छन् । चलचित्रमा अर्पण थापा र प्रियंका कार्कीको मुख्य भूमिका रहनेछ ।
फिल्म बन्ने जानकारी राजधानीमा आयोजित एक कार्यक्रममा भुटियाले भने, ‘फिल्म एउटा साइकोजिकल थ्रिलर हो । जहाँ श्रीमानको मनमा श्रीमतीको ब्यबहारबाट उब्जिने समस्यालाई देखाइएको छ ।’
उनले तेस्रो फिल्ममा आइपुग्दा मैले अघिल्ला फिल्मका कमि कमजोरीलाई सुधार्ने प्रयास गरेको बताए ।
anagatकार्यक्रमा बोल्दै थापाले चलचित्रमा काम गर्न पाउन भाग्यमानी भएको बताए । ‘म लक्की ठान्छु आफुलाई कि प्राय यस्तो फिल्ममा काम गर्न पाउछु जहाँ अभिनयले नै धानेको हुन्छ , फिल्मलाई । यसमा पनि एउटा श्रीमानको भूमिका निर्वाह गरेको छु र त्यसलाई न्याय गर्ने प्रयास हुनेछ,’ उनले भने ।

नायिका कार्कीले यस्तो किसिमको रोल आफ्नो लागि पहिलो भएको बताउँदै भनिन्, ‘मलाइ अर्पणजी को श्रीमती कृतिको भूमिकामा देख्न पाउनु हुनेछ । आफ्नो भूमिकालाई मैले अन्यभन्दा यसमा केहि फरक पार्ने प्रयास गरेकी छु ।’
चलचित्रमा प्रविन खतिवडा र बालकलाकारमा रोसिन सुवेदी पनि देखिनेछन् ।
अनागतको छायाँकन यहि बैशाख २८ बाट सुरु हुनेछ । फिल्ममा अर्पण थापा सुरेश नामक पात्रमा देखिदैछन् भने प्रियंका कार्की साराको भूमिकामा छिन् । सुरेश र कृति श्रीमान श्रीमती हुन् , जसले सुखी वैवाहिक जीवन बिताई रहेका छन् । यी दुइको जीवनमा मनोविज्ञानले निम्त्याउने परिस्थितिलाई नै फिल्ममा मनोरन्जनात्मक हिसाबले प्रस्तुत गरिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल