अमेरीकामा नेपाली सामानको प्रदर्शनी गर्न महावाणिज्यदुतावासको सहयोग हुने

वैशाख २१

अमेरीकामा नेपाली सामानको प्रदर्शनी गर्न महावाणिज्यदुतावासको सहयोग हुने

काठमाडौं – अमेरीकाका लागि नेपाली नेपालका महावाणिज्य दुत नारायण प्रसाद मैनालीले नेपाली उत्पादनको बजार प्रवर्दनका लागि आयोजना हुने महोत्वसमा जुनसुकै तरहले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

विश्वबजारमा नेपाली उत्पादनको प्रवर्दन तथा नेपाल र अमेरिकाबीच व्यापार विस्तार गर्नका लागि अमेरीकाको न्यूयोर्कमा नेपालीहरुको संस्था वल्र्ड विजनेश म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट एलएलसीले गर्न लागेको प्रदर्शनिमा सहयोग गर्न कटिबद्ध रहेको बताएका हुन् ।

आगामी सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म गर्न लागिएको ‘नेपाल एक्जीबिसन एण्ड ईन्टरनेशनल ट्रेड शो’ को विषयमा छलफल गर्न आयोजीत अन्तरक्रियामा मैनालीले यस्तो प्रतिवद्धता जनाए ।
उनले विभीन्न सञ्चारमाध्यममा प्रचार तिब्र पार्नका लागि आयोजकलाई सुझाव दिए । ‘हामीले भारतबंगलादेश लगायका देशहरुमा प्रचार तिव्र पार्र्नुपर्छ किनकी कतिपयको नेपालमा मार्केट छ तर मार्केटिङ्ग गर्न जान नपाएर समस्या छ’, उनले भने ‘त्यसका लागि यो अवसर बन्न सक्छ ।’

उनले यसभन्दा अगाडी यस्ता प्रकारका प्रदर्शनीहरु गरेकाहरुसंग समन्वय गर्नु जरुरी रहेको भन्दै नेपाली समुदाय बाहेक अन्य समुदायसंग पनि व्यापक प्रचार गर्न अनुरोध गरे ।

अहिलेसम्म भएका नेपालीहरु सामानहरुको प्रदर्शनीमध्ये अहिलेसम्मकै ठूलो प्रदर्शनी रहेको आयोजक संस्था एलएलसीका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले बताए । ‘अहिलेसम्म नेपालीहरुले नै निजी क्षेत्रबाट अन्तराष्ट्रिय बजारमा यति ठूलो प्रदर्शनी गरेको जानकारीमा आएको छैन’ उनले भने ‘अमेरीकामा हामीले यो काम सफल गर्न सक्यौँ भने नेपालीहरुले विश्वबजारमा आफ्नो प्रदर्शनी गर्ने र बजार निर्माण गर्ने खुट्कीलो हुन्छ ।’

मेला आयोजना गर्न लागिएको उक्त मेलामा नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने आयोजकको योजना छ । नेपाल र अमेरिकाबीच व्यापार विस्तार गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको व्यापार मेलामा ७० प्रतिशत नेपालभित्रका र ३० प्रतिशत नेपाल बाहिरका उद्योगी व्यवसायीहरु सहभागि हुने जनाइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल