अनमोलको जन्मदिनमा ‘म त तिम्रै हुँ’ को रिलिज मिति घोषणा

चैत १७

अनमोलको जन्मदिनमा ‘म त तिम्रै हुँ’ को रिलिज मिति घोषणा

Ma ta Timrai Hoon Date relese 2
चितवन– नायिका सुस्मिता केसीको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘म त तिम्रै हुँ’ को रिलिज मिति घोषणा गरिएको छ ।

निर्माता अनमोल केसीको आज जन्मदिनको अवसरमा आउँदो साउन ७ गते चलचित्रको रिलिज मिति तय गरिएको नायिका सुस्मिता केसीले जानकारी दिइन् । आजकै दिन सन् १९९४ मार्च ३० मा नायक अनमोल केसीको जन्म भएको थियो । छोरा अनमोलको जन्मदिनकै शुभ अवसर पारी चलचित्रको रिलिज मिति तय गरिएको सुस्मिताले बताइन् ।

चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका छन् । अनमोल केसी र सुवास थापाको लगानी रहेको चलचित्रको कथा स्वयम् सुस्मिताकै रहेको छ । यस्तै भुपेन्द्र खड्का, दयाराम पाण्डे र हर्कुलस बस्नेतको शब्द रहेको छ भने हिमाल केसीको द्धन्द्ध र हर्कुलस बस्नेतकै संगीत रहेको छ ।

यसैगरि चलचित्रमा रितु रानाको मेकअप र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रको हाल सम्पादनको कार्य चलिरहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल