‘एक्यान पत्रकारिता पुरस्कार’ रातोपाटीकर्मीलाई

फागुन १०

‘एक्यान पत्रकारिता पुरस्कार’ रातोपाटीकर्मीलाई

काठमाडौं –लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय रातोपाटीकर्मी सुरज प्याकुरेल ‘एक्यान पत्रकारिता पुरस्कार २०७२’ बाट सम्मानित भएका छन् ।
नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले हरेक बर्ष प्रदान गर्ने उक्त पुरस्कार यसपाली प्याकुरेललाई प्रदान गरेको हो । एक्यानले शनिवार सम्पन्न गरेको संघको बार्षिक साधारण सभामा संघका निस्वर्तमान अध्यक्ष भरत रिजालले पत्रकार प्याकुरेललाई सम्मानित गरेका हुन् ।suraj samman
नेपाली लेखा व्यवसाय सम्बन्धि समाचार सम्प्रेषण गर्ने पत्रकारहरुमध्ये उत्कृष्ट पत्रकारलाई एक्यानले गतबर्षदेखि सम्मानित गर्दै आएको छ ।
विशेषगरी नेपाली लेखा व्यवसायसँग सम्बन्धित समाचार सम्प्रेषण गरी नेपाली लेखा व्यवसायसँग आवद्ध सरोकारवालाहरुलाई सुचित गरेको भन्दै प्याकुरेललाई सम्मान गरिएको एक्यानका निवर्तमान अध्यक्ष भरत रिजालले बताए । गत बर्षपनि उक्त पुरस्कार सुरज प्याकुरेललाइ नै प्रदान गरिएको थियो ।
एक्यानले दोश्रो पटक आफुलाई उक्त पुरस्कारबाट सम्मानित गरेकोमा निकै खुसी भएको बताउँदै सुरज प्याकुरेलले एक्यानले गरेको सम्मानबाट आफुलाई अझ जिम्मेवारी थपिएको महसुस भएको बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल