मक्कामा हज गर्न गएका १०७ जनाको मृत्यु

भदौ २६  |   एजेन्सी

मक्कामा हज गर्न गएका १०७ जनाको मृत्यु

काठमाडौं–हजका लागी गएका हाजीहरु मक्का मदिनामा दृर्घटनामा परेका छन् । गएराती भएको दुर्घटनामा १०७ को मृत्यु भएको र २३८ जना गम्भिर घाइते भएको जनाइएको छ ।Makkah-Crane-Crashed
साउदी सुरक्षा स्रोतका अनुसार घाइतेहरुलको अहिले नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।
मृतकहरुको शब पनि अस्पतालमै थन्काइएको बताइएको छ ।
स्रोतका अनुसार गएराती अचानक मौसम परिवर्तन र भारी बर्षाका कारण मक्का मुकरमा निर्माणधिन क्षेत्रबाट क्रेन भाचिएर खस्दा हाजी यात्रुहरु दुर्घटनामा परेका हुन् ।
अहिले घाइतेहरुको अवस्था निकै नाजुक रहेको मक्का मस्जिद व्यवस्थापनका प्रवक्ताले जानकारी दिएका छन् ।
नेपालबाट पनि त्यहाँ १ हजार हाजीहरु हजका लागी गएका छन् । घटनामा नेपालीहरु परे नपरेको यर्थात विवरण आउन सकेको छैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल