मुम्बाई बम हमलामा १२ जनालाई आजीवन जेल सजाय

भदौ २५

मुम्बाई बम हमलामा १२ जनालाई आजीवन जेल सजाय

मुम्बई – को स्थानिय टेनमा भएको शृंखलावद्ध बम हमलाको ९ वर्षपछि मकोका अदालतले शुक्रबार दोषीमाथि कारबाहीको सजाय सुनाएको छ । यस घटनामा संलग्न १३ अपराधीमध्ये १२ जनालाई आजीवन जेल सजाय तोकिएको छ । अब्दुल वाहिद नामका आरोपितलाई भने माफी गरिएको छ । उनीमाथि थियो । पाकिस्तानी आतंककारीलाई आश्रय दिएको आरोप
_85483772_gettyimages-71416056दोषीको नाम : एहतेशाम सिद्दीकी, कमाल अंसारी, फैजल शेख, तनवीर अहमद अंसारी, मोहम्मद माजिद शफी, शेख आलम शेख, मोहम्मद साजिद अंसारी, मुजम्मिल शेख, सोहेल महमूद शेख, जमीर अहमद शेख, नवेद हुसैन खान, आसिफखान।
यस केशको सुनुवाई स्पेनशल जज वाई डि सिन्देको अदालतमा चलेको थियो । आरोपितहरुमाथि देशको विरुद्धमा लडाँई छेड्ने सहित थुपै्र आरोप थियो । बिहिबारको फैसलामा आरोपित पक्षका वकिल, जेलका अधिकारी र पब्लिक प्रासिक्यूटरसहित सबै आरोपित समेतलाई उपस्थित हुने निर्देशन दिइएको थियो ।
यसअघि ११ जुलाई २००६ मा वेस्टन सबअर्बन इलाकामा टेनमा भएको शृंखलावद्ध हमालामा १ सय ८९ जनाको निधन भएको थियो भने ८ सय २४ जना घाइते भएका थिए । एन्टी टेरोरिज्म स्क्वैडले २० जुलाईदेखी दोषीहरुलाई पक्रन सूरु गरेको थियो । अक्टोबर ३, २००६ सम्म १३ अभियुक्त पक्राउ परिसकेका थिए । चाजसीटका अनुसार यस घटनामा ३० जना दोषी पाइएका थिए । त्यसमध्ये १३ जना पाकिस्तानी नागरिक थिए भने बाँकी १७ जना भारतीय थिए । १७ मध्ये ४ जना अझै फरार छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल