पाकिस्तानलाई चार टुक्रा बनाउने भारतीय नेताको चेतावनी

  |   (एजेन्सी)

पाकिस्तानलाई चार टुक्रा बनाउने भारतीय नेताको चेतावनी

नयाँदिल्ली – पाकिस्तानका सेना प्रमुख जनरल राहिल शरीफले दिएको विवादास्पद अभिव्यक्तीको विरोधमा भारतीय नेताहरुले मुख खोलेका छन् । भारतीय जनता पार्टीका नेता सुब्रह्मण्यम स्वामीले शरीफलाई जवाफ फर्काउँदै भनेका Pakistan Sena India Reactionछन्, ‘हिजो भारतले बंगलादेशलाई पाकिस्तानबाट टुक्र्याएर दुईटुक्रा बनायो । अब पाकिस्तानलाई चार टुक्रा बनाउँनेछ ।’
उनले पाकिस्तान भारतका आगाडी कहिल्यै टिक्न नसक्ने बताए । यसअघि शरीफले आफ्नो देशको सेना सबै युद्धमा विपक्षीलाई हराउन सक्षम रहेको बताएका थिए । भारतीय जनता पार्टीकै नेता तथा सांसद् सत्यपाल सिंहले सरिफको बयान हत्केलाले सूर्य छेक्नु भनेजस्तो रहेको टिप्पणी गरे ।
त्यस्तै भारतका विदेश राज्यमन्त्री वीकेसिंहले केही व्यक्तिलाई वाहियात कुरा गर्ने बानी परेको बताउँदै त्यस्ता कुराले कुनै असर नगर्ने बताए । उनले ठीक समयमा ठीक निर्णय गर्न भारत पुरै सक्षम रहेको बताए । कांग्रेस नेता पीएल पुनिया, वामपन्थी नेता अतुल अन्जान, आरजेडीका प्रवक्ता मनोज झा लगायतले पनि शरीफको बयान ठीक नभएको प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

के भनेका थिए राहिल सरीफले

Pakistan Sena Chief Rahim Sarrifयसअघि राहिल सरीफले आफ्नो देशको सेना विश्वकै अनुभवी र उत्कृष्ट रहेको बताएका थिए । उनले काश्मिरको सवाल पाकिस्तानका लागि अधुरो एजेन्डा रहेको भन्दै यसको समाधान बिना शान्ति प्राप्त नहुने बताएका थिए । १९६५ को भारत र पाकिस्तानबीचको युद्धको ५० वर्ष पुरा भएको अवसरमा बोल्दै सरीफले यस्तो भनाई राखेका थिए । पाकिस्तानले उक्त युद्धमा आफ्नो जीत भएको दाबी गर्दै आएको छ । उनले काश्मिरी मुद्धालार्ई काश्मिरी व्यक्तिको इच्छाका अनुसार यूएन रिजोल्यूशनमार्फत मिलाउनुपर्ने बताएका थिए । उनले बोर्डरमा भारतीय पक्षले सिजफायरको नियम उल्लंघन गरेको भन्दै अन्य क्षेत्रमा पनि यस्तै षड्यन्त्र रचेको आरोप लगाएका थिए । उनले काश्मीरी जनता अन्यायको शिकार भएको भन्दै यस मुद्धालाई चाडैँ सुल्झाउनुपर्ने बताएका थिए । भारतीय पक्षले उनको भनाईपछि काश्मिरमा हिंसा भड्कने भन्दै आपत्ति जनाएको छ । यसअघि भारतीय सेना प्रमुख दलबीर सिंह सुहागले पाकिस्तानले काश्मिरमा आतंकवादलाई बढावा दिएको आरोप लगाएका थिए । उनले सिमानामा कुनै पनि समय लडाइँ हुनसक्ने भन्दै त्यसका लागि तयार रहने बताएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल