‘द केटु’का पत्रकारलाई उनकै गृहजिल्लामा यसरी मारियो

‘द केटु’का पत्रकारलाई उनकै गृहजिल्लामा यसरी मारियो

एजेन्सी, जेठ २९ – पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाख्तुनख्वमा आइतबार भएको अज्ञात बन्दुकधारीको आक्रमणमा परी एक पत्रकार मारिएका छन् ।

द केटु टाइम्स पत्रिकाका पत्रकार बकसिस अहमद उनकै गृहजिल्ला हरिपुरमा मारिएका प्रहरीले जनाएको छ ।

राजधानी इस्लामावादबाट एक सय किलोमिटर उत्तरपश्चिममा पर्ने हरिपुरस्थित काफ्नो कार्यालयतर्फ गइरहेका ती पत्रकारलाई मोटरसाइकलमा आएका बन्दुकधारीले गोली प्रहार गरी भागेका थिए ।

छातीमा गोली लागी उनको घटनास्थलमै मृत्यु भएको थियो । आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन ।

पाकिस्तानमा गत १५ बर्षयत भएका विभिन्न आक्रमणमा कम्तीमा ११७ जना पत्रकार मारिएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल