प्रेम सुनार
गुल्मी, जेठ २८– गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानीय तह रहे पनि गाउँपालिका प्रमुखको महिला उमेदवार भने एक जना मात्रै उठाइएको छ । तीन प्रमुख दल सहित ११ वटा क्रियाशील राजनैतिक दलहरुमध्ये माओवादी केन्द्रले मात्र इस्मा गाउँपालिका प्रमुख उमेदवारमा महिला उठाएको हो ।
नेकपा माओवादी केन्द्र ईस्मा गाउँपालिका कमिटीको आइतबार वसेको बैठकले इस्मा गाउँपालिका प्रमुख पदमा विमला थापालाई उठाउने निर्णय गरी उनको नेतृत्वमा आजै सो पार्टीले आफ्नो प्यानल घोषणा गरेको जनाइएको छ । इस्मा वडा नम्वर ५ , साविकको ईस्मारजस्थल गाविसकी ३७ वर्षीया थापा माओवादी जनयुद्धकाल देखिकी सक्रिय कार्यकर्ता रहेको र अनेम संघ (क्रान्किारी ) की जिल्ला सदस्य तथा ईस्मा गाउँपालिका स्तरिय संगठनकी कोषाध्यक्ष हुन् ।
यहाँका कुनै पनि दलले महिलालाई प्रमुख पदको उमेदवार नउठाएको अवस्थामा आफुहरुले लामो समय देखिकी सक्रिय कार्यकर्ता थापाको योगदानको कदर गर्दै प्रमुख पदमा उमेदवार उठाएको सो पार्टीको पोलिट्व्युरो सदस्य तथा जिल्ला ईञ्चार्ज दिनेश पन्थीले बताए ।
त्यस्तै उनको प्यानलमा माओवादी केन्द्रका जिल्ला सदस्य दुर्गाचन्द्र बोहरा उप प्रमुखको उमेदवार चयन भएका छन् ।
नुवाकोट – स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीना..
भूमिराज जोशी डोटी, जेठ २८– डोटी शिखर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वार बनेका स्थानीय राजप्रसाद..
काठमाडौँ, जेठ २८ – स्थानीय तह निर्वाचनका क्रममा मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यले सरकारी का..
अजयकुमार साह महेन्द्रनगर (धनुषा), जेठ २८ – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य..
इटहरी, २८ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख..
बाँके, २८ जेठ । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको..
बैतडी, २८ जेठ । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित ..
काठमाडौं, जेठ २८ – अभिनेता श्याम कुमार मिश्र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कृष्णनगर नगरपालिकाकोे मेयर पदक..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..