हेटौँडा, जेठ २८ – सशस्त्र द्वन्द्वका बेला नेपाली सेनाले प्रयोग गरेको पूर्व–पश्चिम राजमार्गसँगैको जग्गा फिर्ता गर्न वा उचित स्थानमा सट्टा दिन स्थानीय पीडितले आग्रह गरेका छन् ।
मनहरि गाउँपालिका–६ सुनाचुरीका स्थानीयको द्वन्दकालमा नेपाली सेनाले लिएको जग्गा उपभोग गर्न नपाएकामा उनीहरुले दुःखेसो पोखेका हुन् । सुनाचुरीमा रहेको श्री १ नम्बर गजदल गणअन्तर्गत इमल्सन प्लान्टका लागि सेनाले स्थानीयको करिब दुई विगाहा जमिन लिएको थियो । जग्गा उपभोग गर्न दिनुपर्ने वा उचित मुआब्जा दिनुपर्ने माग स्थानीयबासीले गरेका छन् । २०५८ सालमा घर टहरा हटाएर लिएको स्थानीयको सो जग्गामा सेनाले संरचना बनाउन रोक लगाउँदै आएको छ ।
राजमार्गसँग जोडिएको भएकाले जमिनको मूल्य लाखौँ रुपैयाँ पर्ने पीडित पक्षको दाबी छ । द्वन्द्वको समयमा सेनाले जग्गा कब्जा गरेको बताउँदै ६८ वर्षीय शेरबहादुर खड्काले २० जनाको परिवार पाल्न निक्कै समस्या परेको बताए ।
सेनाले जग्गा नछाड्ने भए पीडितलाई जग्गा सट्टा भर्ना वा क्षतिपूर्ति दिनुपर्ने स्थानीय अगुवा अशोक शाक्यको भनाइ छ ।
मनहरि गाउँपालिका वडा नं ६ का वडाध्यक्ष गोपिलाल मोक्तानले जनताको जग्गा जनतालाई फिर्ता गर्न आफूले पहल गरिरहेको बताए ।
यसैबीच श्री १ नम्बर गजदल गणले स्थानीयको गुनासो हल गर्ने प्रक्रियामा रहेको जनाएको छ । इमल्सन प्लान्टका प्रमुख तथा प्रमुख सेनानी दिपेश खनालले समस्या समाधानका लागि जङ्गी अड्डासँग समन्वय गरिरहेको जानकारी दिए। रासस
लाटागुडी भारत- नेपाल पर्यटन बोर्डको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा आयोजित प्रवद्र्धनात्मक कार्यक्र..
सुमित श्रेष्ठ रामेछाप, जेठ २८ – विनासकारी भूकम्प गएको २७ महिना वितिसक्दा पनि रामेछाप जिल्लाको खाँडादेवी गाउँपा..
रञ्जित लामा धनगढी, जेठ २८– शनिबार एक अनुसन्धानमा कैलाली प्रहरीको बचपना देखिएको छ । अनुसन्धानमा ठहर नै नभइ १८ ज..
आकाश तारा बयक सुर्खेत, जेठ २८– कर्मचारी सञ्चय कोषले अब ७५ वटै जिल्लाबाट सेवा प्रवाह गर्ने भएको छ । देशभरका साढ..
भक्तपुर, जेठ २८ – छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज २३ वर्ष जेल र रु तीन लाख क्ष..
कपिलवस्तु, जेठ २८– बैदेशिक रोजगारीको प्रलोभनमा परी भारतर्फ लैजाँदै गरेका तीन किशोरीको कपिलवस्तुको सीमानाका कृष..
रविन्द्र काफ्ले फिदिम, जेठ २८ – आफ्नै १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बावुलाई पक्र..
विराटनगर, जेठ २८ – उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहक..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..