भूमिराज जोशी
डोटी, जेठ २८– डोटी शिखर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वार बनेका स्थानीय राजप्रसाद जोशीले नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्नेदेखि बृद्धबृद्धाहरुलाई स्याहार गृह स्थापना गर्नेसम्म लगायतको योजनासहित चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
२०३४ सालदेखि २०७२ सालसम्म लगातार ३८ बर्ष शिक्षण पेशामा बिताएका जोशी नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका संस्थापक जिल्ला अध्यक्ष समेत रहेका थिए । पञ्चायतकालमा प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा उनी पटक पटक गरी १३ महिना जेल समेत बसेका थिए ।
जोशीले सार्वजनिक गरेको अपीलमा आफू नेपाली कांग्रेसकै कार्यकर्ता भएको र निर्वाचन जितेपछि पनि आफू कांग्रेसमै फर्किने प्रतिबद्धता गरिएको छ । उनको प्रतिवद्धता पत्रमा नगरपालिकाभित्र रहेका मन्दिर, देवालय, धार्मिक स्थलहरुको संरक्षणले प्राथमिकता पाएको छ ।
यस्तै नगरपालिकाका बृद्ध र असहायहरुका लागि गंगास्नान देउगडा भन्ने ठाउँमा स्याहार स्थलको प्रवन्ध गरिने उल्लेख छ । नगर क्षेत्रमा रहेका बिद्यालयहरुमा गुणस्तरीय अध्ययन÷अध्यापन गराउने, शिक्षकहरुको पेशागत सुरक्षाको ग्यारेण्टी गर्ने र प्राबिधिक शिक्षामा बिशेष जोड दिने जोशीको प्रतिबद्धतामा समावेश छ ।
यस्तै नगरबासीहरुको घरदैलोमा सडक पु¥याउने र हाल निर्माण भएका धुले सडकहरुलाई कालोपत्रे गर्ने उनले प्रतिबद्धता जनाएका छन् । उत्पादनको सम्भाबना खोज्ने जोशीले बताएका छन ।
उनले भारत तथा तेश्रो मुलुकमा पलायन भइरहेका युवाहरुलाई नगरभित्रै रोजगारीका अवसरहरु सृजना गर्ने समेत प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन ।
नुवाकोट – स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीना..
प्रेम सुनार गुल्मी, जेठ २८– गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानीय तह रहे पनि गाउँपालिका प्रमुखको महि..
काठमाडौँ, जेठ २८ – स्थानीय तह निर्वाचनका क्रममा मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यले सरकारी का..
अजयकुमार साह महेन्द्रनगर (धनुषा), जेठ २८ – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य..
इटहरी, २८ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख..
बाँके, २८ जेठ । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको..
बैतडी, २८ जेठ । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित ..
काठमाडौं, जेठ २८ – अभिनेता श्याम कुमार मिश्र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कृष्णनगर नगरपालिकाकोे मेयर पदक..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..