काठमाडौं, जेठ २८ – चर्चित भारतीय गायक कुमार सानु राजधानी गुन्जने भएका छन् । जुलाई १५ अर्थात ३१ असारमा आयोजना हुने कुमार सानु लाइभ इन कन्सर्ट उनी बिभिन्न चर्चित गीत सहित राजधानी बासी दर्शक माझ प्रस्तुत हुने भएका हुन् ।
मुन्टेज इन्टरनेशनलको आयोजनामा होटल याक एण्ड यतिमा हुने कार्यक्रममा गायक सानुले आफ्नो ब्याण्डका साथ लाइभ गीत संगीत प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा गायक सानुले आफ्ना हिट हिन्दी तथा केही नेपाली गीतहरु सुनाउने आयोजक मुन्टेज इन्टरनेशनलले आइतबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गरायो ।
कार्यक्रम नेपालका चर्चित गायक/ गायिका रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका बन्दना र स्मिता घिमिरेले पनि आफ्ना सुमधुर गीतहरु सुनाउने छन्, भने अभिनेत्री निशा अधिकारी, हाँस्य कलाकार जितु नेपालको पनिसाथ रहने छ ।
गायक सानुले २७ बर्षको गायन करियरमा १७ हजारभन्दा बढि गीत गाइसकेका छन् । भारतका चर्चित पाश्र्वगायक सानुले सन् १९९३ मा बर्षभरीका सबैभन्दा धेरै गीत रेकर्डिङ गराउने गायकका रुपमा गिनिजबुक अफ वल्र्ड रेकर्डस्मा समेत नाम लेखाएका थिए ।
गायक सानुले नेपाली गीतहरुमा ‘म त अब रिसाउँछु, फुल भए जीन्दगी, साँची राखुँ जस्तो लाग्छ, सपना सपना, यो कथा हो तृष्णा मेरो, यो दुइ थोपा आँसु, जतिसम्म जीवन, भरे आउँछु सपनीमा जस्ता झण्डै ५ सयको हाराहारीमा नेपाली गीत गाएका छन् ।
कन्सर्ट श्वेताश्री फाउन्डेसनको सहयोगार्थ आयोजना गरिन लागिएको हो ।
काठमाडौं, जेठ २८– विभिन्न सामाजिक काममा पाईला अघि बढाउँदै आएको संस्था ’लिभ एण्ड लिड ईन्टरनेशनल’को तर्फबाट पहिल..
काठमाडौं, जेठ २८ – सिन्धुपाल्चोककी १७ वर्षिया अनिता लामाले मिस मंगोल नेपाल २०१७ को उपाधि चुमेकी हुन् । शनिबार ..
एजेन्सी जेठ २८ – शनिबार सलमान खानले सुनिल ग्रोवर, अली असगर, सुगन्धा मिश्रा र संकेत भोसलेसँग विशेष कार्यक्रम ‘स..
एजेन्सी जेठ २८ – बलिउड अभिनेता सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा पछिल्लो रात एक अचम्मको घट..
काठमाडौं, जेठ २८ – समिक्षक समेत रहेका पत्रकार दीपेन्द्र लामाको चलचित्र ‘घामपानी’ सिंगापुरमा प्रदर्शन गरिएको छ ..
काठमाडौं, जेठ २८ – पोखरामा आयोजित ‘फेशन ट्रेड’ नामक दुई महिने फेसन शो सकिएको छ । फेसियल हाउसले पोखरा ट्रेड महल..
काठमाडौं, जेठ २८ – गीतमा कमेडि र ब्याङ्ग्य दुबै प्रस्तुत गर्न गायक श्री शक्ति बराईलीको आवाज रहेको ‘तिमिसंग घुम..
काठमाडौं, जेठ २८ –अन्जु पन्त, दुर्गा परियार, मिलन अमात्य, मेलिना राई र सहिमा श्रेष्ठ बिच भिडन्त हुने भए..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..