काठमाडौं, जेठ २८ – मुक्तिनाथ बिकास बैक लिमिटेडले यहि जेठ २७ गते शनिबारका दिन मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ मनहरी बजारमा, मनहरी शाखाको उद्घाटन सम्पन्न गरेको छ । त्यस्तै, आईतवार पनि नवलपरासीको देवचुली नगरपालीका १३, दलदले, नवलपरासी पनि शाखा विस्तार गरी एकै दिनको फरकमा बैंकले दुई शाखा विस्तार गरेको छ ।
मनहरी शाखाको उद्घाटन मकवानपुर जिल्ला क्षेत्र नं. ४ का सांसद श्री राजाराम स्याङतानले गरेका थिए । आर्थिक सम्बृद्धिको लागि बैकहरु जनतामाझ पुगेर दिने सेवाले अत्यन्तै महत्वपुर्ण भुमिका रहने स्याङतानले बताए । उनले पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको सम्बृद्धिको लागि मुक्तिनाथ बिकास बैकले बिशेष भुमिका निर्वाह गर्नेमा आफु ढुक्क रहेको बताए ।
यसैगरी दलदले शाखाको समुद्घाटन गर्दे देवचुली नगरपालीकाका मेयर श्री पुर्ण कुमार श्रेष्ठले जनताको आयस्तरलाई माथी उकास्न तथा व्यवसायलाई विस्तार गर्नका लागि यस क्षेत्रमा मुक्तिनाथ विकास बैंकको भुमिका महत्वपूर्ण रहने बताए ।
बंैकका संचालक श्री चुडामणि कडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शाखा प्रबन्धक श्री राकेश गुरु¨ र विष्णु अधिकारीले स्वागत मन्तब्य राखेको थियो ।
उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री भरतराज ढकालले वैकले स्थापना कालदेखी जनतामाझ प्रदान गर्दै आएका सेवा सुविधा लगायत विगत, वर्तमान अवस्था र बैंकको भावी रणनीतिका बारेमा चर्चा गरेको थियो । सो क्रममा उनले मुक्तिनाथ विकास बैंकले नेपाली समाज सुहाउदो सेवाहरु जस्तै आधुनिक वैकि¨, ग्रामिण वैकि¨ तथा लघुवित्त वैकि¨ सेवाहरु प्रदान गरेको वताए ।
उक्त कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका अध्यक्ष गोबिन्द प्रसाद रिजाल, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर तितुङ र मनहरी एफएमका स्टेशन म्यानेजर शिवकुमार रिजाल, देवचुली नगरपालीकाका उप मेयर श्री पार्वता तिवारी, भिमसेन आदर्श मा.वि का प्रधानध्यापक श्री नरदेव न्यौपाने, परोपकार वचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री देवराज पौडेलले आफ्नो मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा लघुवित्त कार्याक्रममा आवद्ध सदस्य, स्थानीय व्यापारी, समाजसेवी, कृषक सर्बसाधारण लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
काठमाडौं, जेठ २८ – ग्लोबल आइएमई बैंकले यु.ए.ई एक्सचेन्जसंगको सहकार्यमा युएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउन सह..
काठमाडौं, जेठ २८ – सेञ्चुरी कमर्सियल बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकको एकीकृत कारोबा..
काठमाडौं, जेठ २८ – सिप्रदी ट्रेडिङ्ग प्रा.लि. टाटा मोटर्सको विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अवार्ड २०१६ बाट ..
काठमाडौं, जेठ २८– एनसेलले ग्रामिण क्षेत्रमा विद्युत, दूरसञ्चार र पानीको उपलब्धता सुनिश्चित गर्दै समुदायमा नयाँ..
काठमाडौ – इटालीयन प्रविधि जडीत विश्वप्रसिद्ध भारतीय आल्दा कम्पनिद्धारा उत्पादित अत्याधुनिक चिम्नी र चुलो..
सुर्खेत, जेठ २८– देशका ठूला शहरमा मात्र केन्द्रित रहेको अनलाईन शपि∙ अब सुर्खेतमा आईपुगेको छ । सोचेको डट कमले उ..
काठमाडौं, जेठ २७– रियल स्कूलअफ नेपाल २०१७ अन्तर्गत तेस्रो क्षेत्रीय फाइनल पश्चिमाञ्चलको पोखरामा सम्पन्न भएको छ..
काठमाडौं, जेठ २७– सीपीभीसी पाईप तथा फिटिङ्गस उत्पादन गर्दै आएको पञ्चकन्या गु्रपले भारतीय मानक ब्यूरोले प्रदान ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..