इलाम, जेठ २८ – पर्यटकीय क्षेत्र इलाममा यो वर्ष ६४ हजार पर्यटक भित्रिएका छन् । पर्यटन सूचना केन्द्रका अनुसार गएको साउनदेखि वैशाखसम्ममा सो संख्याका पर्यटक भित्रिएका हुन् ।
अघिल्लो वर्ष भने जिल्लामा १४ हजार ८४० पर्यटक भित्रिएको सूचना केन्द्रको तथ्याङ्क छ । पश्चिमी जिल्लाका पर्यटकको रोजाइँमा इलाम पर्ने गरेको छ । त्योसँगै मोरङ, सुनसरी, झापालगायत तराईका जिल्लाबाट इलाम घुम्न आउने थुप्रै छन् ।
छिमेकीमूलुक भारतसहित संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका, फ्रान्स, अर्जेन्टिना, क्यानाडा, ताइवानलगायतका देशबाट पर्यटक भित्रिएको उक्त केन्द्रका अधिकृत गगन घिमिरेले जानकारी दिए । ‘‘पछिल्लो वर्ष इलाम आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ’ उनले भने ।
मौसम सफा हुने समयमा इलाममा धेरै पर्यटक भित्रिने गरेका छन् । कात्तिक, मङ्सिर र पुस महिनामा इलाममा धेरै पर्यटक आएका छन् । सूर्योदय अवलोकनको याम भएकाले सङ्ख्या यी तीन महिनामा धेरै छ । कात्तिकमा १६ हजार १४७, मङ्सिरमा २२ हजार ४६०, पुसमा १४ हजार ४७५ पर्यटक भित्रिएका थिए । अन्य महिनामा भने दुई सयदेखि तीन÷चार हजारसम्म पर्यटक आउने गरेका छन् ।
जिल्लाको पर्यटकीय गन्तव्यमा पुग्ने सडक स्तरोन्नतीमा राज्यले लगानी गरेपछि त्यसको निकै राम्रो प्रभाव पर्यटनमा परेको हो । जिल्लाका श्रीअन्तु, गजुरमुखी, सन्दकपुर, माइपोखरी, पशुपतिनगर, कन्याम, इलाम बजारलगायतका पर्यटकीयस्थलमा पर्यटकको चाप बढेको छ । सडक पहुँचको विकाससँगै पर्यटकीय क्षेत्रको मुहार पनि फेरिँदै गएको छ ।
सरकारले पर्यटकीय क्षेत्रमा अन्य भौतिक पूर्वाधारको विकासमा पनि ठूलो रकम खर्च गर्न थालेको छ । सम्भावनायुक्त पर्यटकीय क्षेत्रको सौन्दर्य बढाउन र अन्य पूर्वाधार विकासमा लगानी बढाएपछि इलाम आउने पर्यटक बढेको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौराली बताए ।
यहाँका पहाडको पर्यटकीय क्षेत्रमा पूर्वाधार बनाउन समितिले डेढदेखि दुई करोड रुपैयाँको हाराहारीमा बजेट खर्चेको छ । पर्यटन विकासमा निजी क्षेत्रको लगानी पनि बढ्दै गएको छ । इलामका पर्यटकीय क्षेत्रमा ठूलो लगानी गरेर होटल निर्माण हुँदैछन् । करोड भन्दा बढीको लगानीमा बनेका केही होटल सञ्चालनमा छन् भने जिल्लाको दर्जन बढी ठाउँमा अहिले पनि होटल निर्माण भएकाले पर्यटकलाई सहज भएको छ । रासस
दोलखा, जेठ २८ – दोलखा जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगर बससम्म ..
काँकडभिट्टा, २७ जेठ – पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन उत्तरपूर्वी भारतका पर्यटन व्यवसाय..
तेह्रथुम, २३ जेठ । बर्सेनि ठूला लगानीका होटल खुल्ने लहर चलेको छ । पर्यटकलाई लक्षित गरी जिल्लाका विभिन्न बजारमा..
म्याग्दी, २३ जेठ – म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको ‘लभ्ली हिल’ लाई आन्तरिक तथा बाह्य पर्यटकको र..
म्याग्दी, २२ जेठ – निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराह..
पोखरा, २२ जेठ – नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) पोखराले पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक..
पर्वत, २० जेठ – फलेवास नगरपालिका–१ कार्कीनेटाको रातामाटादेखि कार्कीनेटा बजारसम्मको पदमार्ग निर्माण सुरु ..
काठमाडौं, १९ जेठ । नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोटको भुलभुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सव ग..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..