राजनीतिक दल सम्बन्धि पहिलो संशोधन विधेयक २०७४ बहुमतले पारित

राजनीतिक दल सम्बन्धि पहिलो संशोधन विधेयक २०७४ बहुमतले पारित

काठमाडौं, जेठ २८ – व्यवस्थापिका संसदबाट राजनीतिक दलसम्बन्धी पहिलो संशोधन विधेयक २०७४ बहुमतले पारित भएको छ ।

आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागी गराउन सरकारले नियम निलम्बन गरेर आईतबार सो विधेयक संसदमा पेस गरेको थियो ।

नियमित प्रक्रियाबाट विधेयक ल्याउन संसद्मा दर्ता भएको पाँच दिन परिपक्व हुन समय लाग्ने भएकाले नियम निलम्बन गरेर विधेयक पास गरिएको हो । संसद बैठकमा प्रतिपक्ष सांसदले विधेयकबारे विरोध गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल