काठमाडौं, जेठ २८– स्थानीय तह निर्वाचनको क्रममा मतदाता शिक्षा सामग्रीमा महिलालाई होच्याउने भाषा भएपछि निर्वाचन आयोगले सच्चाएको छ । मैथली भाषामा तयार गरिएको मतदाता शिक्षा सामग्रीमा प्रयोग भएको शब्दले महिलाको अपमान भएको भन्दै विरोध आएपछि आयोगले सच्चाउन तयार रहेको जनाएको छ ।
संविधानसभाबाट जारी नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानेको उल्लेख गर्दै आयोगले अपमान गर्न नभइ सम्मानका लागि मातृभाषामा मतदाता शिक्षा सामग्री उत्पादन, प्रकाशन र प्रशारण गरेको आयोगले स्पष्ट पारेको छ ।
‘सबै नेपालीलाई आ–आफ्नो मातृ भाषामा मतदाता शिक्षा दिई आम जनतासमक्ष मतदाता शिक्षाको पहुँच बढाउने उद्देश्यले विभिन्न भाषामा आधिकारिक निकायबाट अनुवाद गराई प्रकाशन, प्रसारण र वितरण गर्ने गरिएकाले भाषानुवाद गर्दा भाषिक समुदायको मर्यादामा आँच पुग्न गएको खण्डमा भाषालाई मर्यादानुकूल गराउन आयोग सदैव प्रतिबद्ध रहेको व्यहोरासमेत आम मतदाता र भाषिक समुदायसमक्ष हार्दिक अनुरोध गर्दछ ।’–आयोग प्रवक्ता सूर्य प्रसाद शर्माले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सबै राष्ट्रभाषाप्रति उच्च सम्मान र आदर प्रकट गर्दै असल उद्देश्य र मनसायका साथ मतदाता शिक्षामा लिएको बहुभाषिक प्रकाशन÷प्रसारणलाई सकारात्मकरूपमा लिन पनि आयोगले आग्रह गरेको छ ।
यो पनि पढ्नुस्ः
भीमदत्तनदगर – आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत मा..
काठमाडौँ – निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवविरुद्ध आइतबार सप्तरी जिल्लाको राज..
-किरण श्रेष्ठ तनहुँ, २९ जेठ – गत बुधवार धारिलो हतियार प्रहार गरी मर्यो भनि फ्याँकिएका व्यास न.पा. वडा नं..
रामेछाप, जेठ २८ – बीर अस्पतालमा उपचार गराइरहेकी रामेछापको मन्थली नगरपालिका–७ ओढारेकी ४४ वर्षिय हस्तमाया माझी अ..
काठमाडौँ, जेठ २८ – नेकपा (एमाले) निकट पेसागत महासङ्घ नेपालले एक हजार २०० मेगावाटको राष्ट्रिय गौरवको बूढीगण्डकी..
काठमाडौ, जेठ २८– तराई मधेशको माग पूरा गर्न दुई नम्बर प्रदेशको चुनाव सार्न प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस..
ओपेन्द्र बस्नेत तुलसीपुर, जेठ २८– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कुनै पनि शक्तिले रोक्न नसक्न..
काठमाडौं, जेठ २८– स्थानीय तहले अनुदान रकमबाट सवारी साधन खरिद गर्न नपाउने भएका छन । स्थानीय तहलाई सामाजिक सुरक्..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..