सर्वोच्चको आदेशविरुद्व सरकारले हाल्यो भ्याकेट

सर्वोच्चको आदेशविरुद्व सरकारले हाल्यो भ्याकेट

काठमाडौं, जेठ २८– सर्वोच्च अदालतले स्थानीय तहको संख्या नबढाउन सरकारको नाममा अन्तरिम आदेश दिएसँगै सरकारले सो निर्णय उल्ट्याउन माग गर्दै भ्याकेट हालेको छ ।

सर्वोच्च अदालतले गरेको निर्णयमा चित्त नबुझे त्यसको खारेजीको माग गर्दै सरकार सर्वोच्चमा जान पाउने व्यवस्था छ ।
सरकारले केहि पहिला मधेसमा २२ वटा स्थानीय तह थप गर्ने निर्णय गरेको थियो। तर, सोविरुद्ध अधिवक्ता धनबहादुर श्रेष्ठसहितका तीन जनाले दायर गरेको रिट उपर न्यायाधीश सपना मल्ल प्रधान र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको उक्त आदेशविरुद्ध सरकार भ्याकेटका लागि सर्वोच्च गएको महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले जानकारी दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल