एजेन्सी
जेठ २८ – अष्ट्रेलियामा बस्ने २४ वर्षकी आयला क्रेसवेलका प्रेमी जोशुआ डेविसको मृत्यु भइसकेको छ । तर आफ्नो प्रेमलाई जिउँदो राख्नका लागि आयलाले जे कदम उठाइन् त्यो निकै नै अचम्मको छ ।
आयला आफ्ना मृत्यु भइसकेका प्रेमीको वीर्यबाट आमा बन्नेछिन् । यसका लागि आयलाले अदालतको ढोका पनि ढक्ढकाइन् र करिब दुई महिनापछि अदालतले पनि आयलालाई हरियो झण्डा देखायो ।
वास्तवमा जोशुआ डेविस र आयला क्रेसवेल दुई वर्षदेखि सम्बन्धमा थिए । दुबैले चाँडै नै विवाह गर्ने सोच बनाएका थिए तर पछिल्लो वर्ष अगस्टमा डेविसको मृत्यु भयो ।
जोशुआ र आयलाले आफ्ना तीन सन्तान होउन् भन्ने चाहना राखेका थिए । यसै सपनालाई पूरा गर्नका लागि आयलाले डेविसको मृत्युलगत्तै उनको वीर्य स्टोर गरेर स्पर्म बैंकमा राखिदिएकी थिइन् ।
आयलाले अदालतसामू आइभीएफ प्रविधिमार्फत गर्भवती हुन गुहार लगाइन् । अब उनी यो प्रविधिमार्फत गर्भवती भएर चाँडै नै बच्चालाई जन्म दिनेछिन् ।
आयलाको यो निर्णयलाई डेविसको परिवारले पनि तारिफ गरे र उनलाई आवश्यक सबै सहयोग गरे ।
स्मरण रहोस् इन व्रिटो फर्टिलाइजेशन (आइवीएफ) एक प्रविधि हो जसमा महिलालाई कृत्रिम रुपमा गर्भाधान गराउन सकिन्छ । यसलाई टेस्ट ट्युब बेबीको नामले पनि चिनिन्छ । आइवीएफको सहारा धेरैजसो ३५ वर्षभन्दा बढि उमेरका महिलाले लिने गर्दछन् किनभने उनीहरुमध्ये धेरै प्राकृतिक तरिकाले गर्भधारण गर्न असक्षम हुन्छन् ।
एजेन्सी, जेठ २९ – पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाख्तुनख्वमा आइतबार भएको अज्ञात बन्दुकधारीको आक्..
एजेन्सी, जेठ २९ – कतार अन्य अरब मुलुकबीचको विवादले युद्ध निम्त्याउन सक्ने जर्मनीका विदेशमन्त्री जिकमार ग..
बीबीसी जेठ २८ – संयुक्त राष्ट्र संघले जून महिना समाप्त भएलगत्तै इथियोपियाका ७८ लाख मानिसहरुका लागि उपलब्ध गराई..
एजेन्सी जेठ २८ – यसलाई भीडको न्याय भन्ने कि आक्रोश । थुप्रै पटक एक अपराधलाई रोक्नका लागि अर्को अपराध गर्न पुग्..
नयाँदिल्ली, जेठ २७– भारतको उडिसा प्रदेशमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै द..
एजेन्सी जेठ २७ – एशियाका सबैभन्दा धनी व्यक्तिको सूचीमा ज्याक मा शीर्ष स्थानमा रहेका छन् । अलिबाबाका प्रमोटर ज्..
एजेन्सी जेठ २७ – तीर्थयात्री लिएर जाँदै गरेको हेलिकोप्टर शनिबार बिहान बद्रिनाथमा दुर्घटनाग्रस्त भएको छ । दुर्घ..
(एजेन्सी) जेठ २६, लन्डन – बेलायतमा आमनिर्वाचन सम्पन्न भएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान ७ बजे सुर..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..