कल्पना पौडेल
काठमाडौँ, २८ जेठ । के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्या छ ?
माथि मध्येका कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने एकपल्ट सोच्नैपर्छ कतै तपाईंलाई प्रोस्टेट ग्रन्थी ९पुरुष वा प्रजनन ग्रन्थी० सम्बन्धी सङ्क्रमण त भएको छैन ? समयमै उपचार गरे सजिलै निको हुने यो रोगलाई बेवास्ता गरे क्यान्सर हुनसक्ने खतरा पनि उत्तिकै छ ।
कन्सल्टेन्ट, युरोलोजिस्ट डा दीपक रौनियार प्रोस्टेटसम्बन्धी रोगमा उपचार गर्दा ठूलो समस्या नभए पनि सङ्क्रमण बढ्दै गए यसले धेरै कष्ट त दिन्छ नै पारिवारिक सम्बन्धमा समेत खटपट ल्याउँछ । चिकित्सकका अनुसार अधिकांश पुरुषमा यो समस्या बढ्दै गएको पाइन्छ ।
शिक्षण अस्पताल महाराजगन्जका युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन प्राडा उत्तम शर्माले खासगरी यौनशक्तिमा कमी आएको महसुस हुने, पिसाब गर्न बल गर्नुपर्ने, राति पिसाब गर्न पटकपटक उठ्नुपर्ने, पिसाब लागेपछि रोक्न नसक्ने, नाइटोदेखि अण्डकोषको भाग दुख्ने, मलद्वारदेखि अण्डकोषसम्मको भाग दुख्ने, पिसाब ननिख्रनेजस्तो हुने वा पिसाब लागिरहेकोजस्तो हुने तर फेर्न जाँदा नआउनेजस्ता समस्या देखिने बताए ।
उनले भने “प्रोष्टेट पनि भनिने पुरुषमा प्रजनन ग्रन्थीमा समस्या आयो भने माथि भनिएजस्तो लक्षण देखिन्छ । रोग लाग्न यी सबै लक्षण देखिनै पर्छ भन्ने होइन । तीमध्ये एकभन्दा बढी लक्षण देखिए पनि प्रोस्टेटको समस्या हो कि भनेर सतर्क हुनुपर्छ । जसले दैनिक क्रियाकलापमा असर पार्नुकासाथै मिर्गौलामा समेत असर पर्न सक्छ । कसैको पिसाबमा त रगत बग्न पनि सक्छ ।”
खासै चर्चा नहुने यो रोगले पूर्वराष्ट्रपति डा रामवरण यादवलाई असर गरेपछि भने यसका बारेमा बढी कुरा हुन थालेको हो । घरपरिवार छाडेर बाहिर रोजगारीका लागि गएका युवालाई प्रोस्टेटको समस्या बढी देखिएको चिकित्सकको भनाइ छ । उमेर बढी भएका व्यक्तिमा मात्र देखिने भनिएको यो रोग पछिल्लो समय ३० देखि ४० वर्षका युवामा पनि देखिन थालेको चिकित्सक बताउँछन् ।
“प्रोस्टेट ग्रन्थीको मुख्य काम वीर्य स्वस्थ राख्ने र त्यसलाई हुर्काउन मदत गर्ने हो । वीर्य त्यतिबेला नियमित उत्पादन भइरहन्छ जतिबेला खर्च हुन्छ । जब वीर्य खर्च हुन छाड्छ अर्थात् स्थिर रुपमा रहन्छ त्यसपछि समस्या देखिन थाल्छ । अझ सजिलो गरी बुझ्दा दुई बाल्टीमा पानी भरौँ । एउटाको पानी नियमित फेरौँ तर अर्कोमा नफेरौँ । एक महिनापछि हेर्दा दिनहुँ फेरेको बाल्टीको पानी सफा हुन्छ भने अर्कोमा भने नफेरिएको लेउ लाग्न थाल्छ । हो त्यस्तै हो वीर्य र प्रोस्टेट ग्रन्थीको सम्बन्ध पनि । जति वीर्य निस्क्यो उति नै प्रोस्टेटलाई फाइदा हुन्छ,” डा रौनियारले भने ।
चिकित्सकका अनुसार महिना या वर्षौंसम्म यौन सम्पर्क हुँदैन त्यसपछि प्रोस्टेटमा समस्या देखिन्छ । त्यसैले यसबाट बच्नका लागि नियमित यौन सम्र्पक गर्ने, २४ घन्टामा पाँच लिटर पानी पिउने, नियमित रुपमा पिसाबको जाँच गरी सङ्क्रमणबाट बच्ने र म्योग्नेसियमयुक्त खानेकुरा ९काजु, पेस्ता, बदाम, ओखरलगायत० खाने गर्नुपर्ने सम्बद्ध चिकित्सक बताउँछन् ।
रासस
हरेक दिन खाली पेटमा मनतातो पानीमा कागती निचोरेर पिउँदा निकै लाभदायक हुने विज्ञहरूले सुझाब दिएका छन् । कागतीपान..
डण्डपाणि भट्टराई कुकुरका अध्येता सानैदेखि घरमै हुर्काएर आफैँले तालिम दिएको कुकुर निकै अनुशासित हुन्छ । चनाखो ज..
सुजिता बस्नेत योग प्रशिक्षक गलत जीवनशैली, अनावश्यक तनाव र व्यायामको कमीका कारण आजका युवाको जीवन अस्तव्यस्त हु..
काठमाडाँै, २७ जेठ । हेल्थपोष्ट भवन र यसलाई सञ्चालन गर्न चाहिने उपकरण एवम् औजार र स्वास्थ्यकर्मीको उच्च सेवाभाव..
एजेन्सी जेठ २६ – विद्यालयमा पढाइएका केही कुरा मानिसहरुले जीवनभरी सही मानेर अनुसरण गर्ने गर्दछन् । यतिमात्र होइ..
चितवन, २५ जेठ । स्वास्थ्य मन्त्रालयले यहाँको भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानसँगै अति विशिष्ट सेवासहितको ए..
एजेन्सी जेठ २४ – यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भ..
ओन्ली माइ हेल्थ जेठ २३ – मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । यो एउटा यस्तो पौष्टिक आ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..