भरतपुर प्रकरणको मुद्दा टुंगो लाग्न सकेन, आज सुनुवाई नै भएन

भरतपुर प्रकरणको मुद्दा टुंगो लाग्न सकेन, आज सुनुवाई नै भएन

काठमाडौं, जेठ २८–  भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विवादबारे परेको रिट उपर आज सुनुवाई नभएको सर्वोच्च अदालतले जनाएको छ ।
न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र विश्वम्भर श्रेष्ठको संयुक्त इजलासमा राखिएको मुद्दाको पेशी नभएको भन्दै पर सारिएको हो ।
निर्वाचन आयोगले पुन भरतपुर महानगरको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेपछि एमाले सर्वोच्च पुगेको थियो ।

यसअघि न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले आयोगको निर्णय तत्काल अघि नबढाउन अन्तरकालीन आदेश दिएको थियो भने आज अन्तिम टुंगो लगाउन पेशी तोकिएको थियो ।

भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल मेयरका प्रतिश्पर्धी छन्

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल