राष्ट्रपति भण्डारी जेनेभा जाने

राष्ट्रपति भण्डारी जेनेभा जाने

काठमाडौ, जेठ २८ – राष्ट्रपति विद्या भण्डारी आगामी जेठ ३० गतेदेखि जेनेभामा सुरु हुने १ सय २६ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाने भएकी छन् । आईतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीको जेनेभामा हुने अन्तराष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुने प्रस्ताव स्विकृत गरेको हो ।

अन्तराष्ट्रिय श्रम संगठनले राष्ट्रपति भण्डारीलाई सम्मेलनमा सहभागी हुन नियन्त्रणा गरेकाले त्यसलाई स्विकृत गरिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । राष्ट्रपति भण्डारीले सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सरकारले जापान सरकारले नेपालको निजामती कर्मचारीहरुलाई जापान विकासको अध्ययनका लागि हरेक वर्ष उपलब्ध गराउँदै आएको २६ करोड ५३ लाख बराबरको अनुदान सहायता लिन पनि अर्थ मन्त्रालयलाई सहमति दिएको छ ।
जापानले हरेक वर्ष २० जना नेपालका निजामती कर्मचारीलाई जापानको विकास अध्ययनका लागि आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल