ओझेलमा रामग्राम स्तुप, सम्बन्धित निकायले ध्यान नदिएको गुनासो

ओझेलमा रामग्राम स्तुप, सम्बन्धित निकायले ध्यान नदिएको गुनासो

परासी, जेठ २८ –ऐतिहासिक पुरातात्विक एवं धार्मिकस्थल नवलपरासीको रामग्राम स्तुप सरोकारवालाको वेवास्थाका कारण ओझेलमा परेको छ ।

भगवान गौतम बुद्धको आठ ठाउँमा राखिएको अस्टधातुमध्ये विश्वमै एकमात्र सुरक्षित स्थान रामग्राम विकास, संरक्षण र प्रद्र्धनको अभावमा ओझेलमा परेको हो । नवलपरासी जिल्लाको सदरमुकाम परासीबाट ३ किलोमिटर दक्षिण रामग्राम नगरपालिका ७ उजैनीमा अवस्थित रामग्राम स्तुपको चौतर्फि विकासमा सम्बन्धित निकायहरुको कुनै चाँसो देखिएको छैन ।
माटोको ठुलो ढिस्कोले चिनिने रामग्राम स्तुपमा कुनै प्रकारको भौतिक पुर्वाधार निर्माण, संरक्षण तथा प्रचार प्रसारमा ध्यान नपुगेको स्थानीयले बताएका छन् ।

रामगं्राम स्तुपको पुजा तथा भ्रमण अवलोकन गर्न विभिन्न देशका पर्यटकहरु आउने गरेपनि बस्ने होटेल, खानेपानी, शौचालय, पार्क र प्राथना गर्ने स्थान अभावले पर्यटकहरु उत्तिखेरै फर्किने गरेका रामग्राम स्तुप संरक्षण पर्यटन संस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताए । रामग्रामको विकासका लागि गुरुयोजना निर्माण, त्यसको संरक्षण र प्रवद्र्धनमा कसैले पनि चाँसो नदेखाएको अध्यक्ष उपाध्यायले आरोप लगाए ।
रामग्राम स्तुप पच्चिस सय बर्ष पहिला कोलिय राजाद्धारा निर्मित स्तुप हो । किंवदन्तीअनुसार शान्तिका अग्रदुत भगवान बुद्धको महापरिनिर्वाण पछि भएको अन्त्येष्टि र अन्त्येष्टिपछि बचेको अस्थि(अवशेष) कलशमा राखेर बनाइएको स्तुप हो । कोलिय गणराज्यको राजधानीलाई रामग्राम पनि भनिन्थ्यो र रामग्रामका राजाले स्तुप बनाएका कारण यस्को नाम रामग्राम स्तुप भनिएको हो । रामग्राम स्तुपको खोजी गर्दा कोलिय राजधानी रामग्रामदेिख चार माईल पुर्व र दक्षिण दिशामा रहेको भन्दै चिनियाँयात्रीको बर्णनको आधारमा रामग्राम स्तुप भेटिएको थियो ।

स्तुपको महत्वबारे बौद्धधर्म ग्रन्थ त्रिपिटकमा पनि उल्लेख छ । तर रामग्राम स्तुप बुद्धको परिनिर्वाण पश्चात विभिन्न राजाले बनाएका विभिन्न आठ स्तुपमध्ये सिंगो अस्तू रहेको छ । बाँकी ७ वटा स्तुपको उत्खनन गराइ तत्कालिन मगध सम्राट अशोक मौर्यले ति अस्थिलाई विभिन्न देशमा पुर्याउदै ८४ हजार स्थानमा बाडेर स्तुप बनाउन लगाएका थिए । त्यतिबेला बुद्धका अनुयायीहरुले शान्ति प्राप्त गर्न रामग्राम स्तुपको पुजाआजा गर्ने भन्दै रामग्राम स्तुपको निर्माण गरेको विद्धान कौशलेन्द्र बहादुर श्रीवास्तवले बताए ।

रामग्राम स्तुपको विकास गर्ने जिम्मेवारी लुम्बिनी विकास कोषलाई दिइएको छ । बुद्ध संगसम्बन्धित लुम्बिी, तिलौराकोट, रामग्राम स्तुप, पण्डितुपर र देवदह लगायतका धार्मिक स्थलको विधिवत विकासका लागि सरकारले वर्षेनी करोडांैको रकम कोषलाई दिदै आएको छ तर कोषले यो धार्मिक स्थलहरुलाई ओझेलमा पार्ने काम गर्दै आएको सर्वसाधारणको गुनासो छ ।

रामग्राम नगरपालिका र जिल्ला विकास समन्वय समितिले पनि यसको विकास र संरक्षणमा खासै चाँसो देखाएका छैनन ।
यता, बृहद गुरुयोजना बनाई यसको संरक्षणमा लाग्ने रामग्राम नगरापलिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले जानकारी दिए । रामग्राम स्तुपमा चीन, थाईल्याण्ड, भेतनाम, जापान, श्रीलंका, कोरिया लगायतका ठाउँबाट मासिक करिब ५ सय पर्यटकहरु आउने गर्दर्छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल