आन्दोलनको कार्यक्रम तय गर्न राजपाको बैठक जारी, अब के होला चुनाव ?

आन्दोलनको कार्यक्रम तय गर्न राजपाको बैठक जारी, अब के होला चुनाव ?

काठमाडौं, जेठ २८ –सत्तारुढ दलसँग सहमति नजुटेपछि भावी रणनीति तय गर्न राजपाको बैठक विजुलीबजारमा बसिरहेको छ ।

सिंहदरवारबाट निस्किएलगत्तै आन्दोलनका कार्यक्रम घोषणा गर्न बैठकमा जुटेको राजपाले आजै बेलुका चार बजे नयाँ आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । राजपाको बैठकपछि महन्त ठाकुर नेतृत्वको संघीय गठबन्धनको पनि बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने नेताहरुले बताएका छन् ।
तराईमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप्नुपर्ने, असार १४ को चुनावको मिति सार्नुपर्ने लगायतका माग राखेको राजपाले सरकारले तत्काल ति माग पुरा गर्न नसक्ने बताएपछि राजपा आन्दोलनको तयारीमा लागको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल