काठमाडौं, जेठ २८ – सिप्रदी ट्रेडिङ्ग प्रा.लि. टाटा मोटर्सको विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अवार्ड २०१६ बाट सम्मानित भएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालि. हालै भारतको मुम्बईमा सम्पन्न टाटा मोटर्स ग्लोबल एचिभमेन्ट अवार्ड २०१६ कार्यक्रममा सर्वोकृष्ट डिष्ट्रिव्युटर घोषित भएको हो । युरोप, अफ्रिका र एसियाका गरि विश्वका ४५ देशबाट प्रतिनिधित्व गर्ने टाटा मोटर्सको बितरकहरुमध्येबाट उत्कृष्ट सम्मान पाएको सिप्रदी ट्रेडिङ्ग प्रालिले थप अन्य आठवटा विधाहरुमा पनि उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ ।
सिप्रदीले बस र एमएण्ड एचसिभि ट्रक विधाबाट ’सर्वाधिक विक्री २०१६’,सर्वाधिक मार्केट शेयर २०१६’, त्यस्तै अल्ट्रा बसको लागी ’सर्वाधिक विक्री २०१६’ को उत्कृष्ट अवार्ड हात पारेको हो । सिप्रदी उत्कृष्ट कस्टुमर इन्गेजमेन्ट २०१६’, ’सर्वाधिक मार्केट शेयर २०१६’ र ’उत्कृष्ट ग्लोबल सर्भिस क्याम्प २०१६’ अवार्डबाट पनि सम्मानित भएको छ ।
कार्यक्रममा विश्वभरका टाटा मोटर्सका आधिकारिक वितरकको तर्फबाट बरिष्ठ ब्यक्तिहरुको सहभागीता रहेको थियो । अवार्डहरुबाट सम्मानित भएपछि सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आगामी दिनमा पनि राम्रो काम र उत्कृष्ठ सेवाहरु प्रदान गर्दै यस्तो अवार्डहरुबाट निरन्तर सम्मानित हुने र देशकै नाम उच्च राख्ने प्रतिवद्धता व्यक्त गरे ।
सन् १९८२ मा स्थापीत सिप्रदी ट्रेडीङ्ग प्रालीले टाटा मोटर्सका विभिन्न गाडीहरु नेपालमा विक्री वितरण गर्दै आईरहेको छ । नेपालभर २४ वटा विक्रीपश्चात सेवा दिने केन्द्रहरु रहेको यस कम्पनीले ग्राहकहरुको सन्तुष्टिको लागी पूर्णरुपमा सेवाहरु प्रदान गर्दै आईरहेको छ । नेपाल सरकारले पनि धेरै पटक सवै भन्दा बढि कर तिर्ने सस्थांको रुपमा सिप्रदी ट्रेडिङ्गलाई सम्मान गरिसकेको छ ।
काठमाडौं, जेठ २८ – ग्लोबल आइएमई बैंकले यु.ए.ई एक्सचेन्जसंगको सहकार्यमा युएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउन सह..
काठमाडौं, जेठ २८ – मुक्तिनाथ बिकास बैक लिमिटेडले यहि जेठ २७ गते शनिबारका दिन मकवानपुरको मनहरी गाउँपालिका वडा न..
काठमाडौं, जेठ २८ – सेञ्चुरी कमर्सियल बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकको एकीकृत कारोबा..
काठमाडौं, जेठ २८– एनसेलले ग्रामिण क्षेत्रमा विद्युत, दूरसञ्चार र पानीको उपलब्धता सुनिश्चित गर्दै समुदायमा नयाँ..
काठमाडौ – इटालीयन प्रविधि जडीत विश्वप्रसिद्ध भारतीय आल्दा कम्पनिद्धारा उत्पादित अत्याधुनिक चिम्नी र चुलो..
सुर्खेत, जेठ २८– देशका ठूला शहरमा मात्र केन्द्रित रहेको अनलाईन शपि∙ अब सुर्खेतमा आईपुगेको छ । सोचेको डट कमले उ..
काठमाडौं, जेठ २७– रियल स्कूलअफ नेपाल २०१७ अन्तर्गत तेस्रो क्षेत्रीय फाइनल पश्चिमाञ्चलको पोखरामा सम्पन्न भएको छ..
काठमाडौं, जेठ २७– सीपीभीसी पाईप तथा फिटिङ्गस उत्पादन गर्दै आएको पञ्चकन्या गु्रपले भारतीय मानक ब्यूरोले प्रदान ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..