आफ्नो पक्षमा आदेश नआएपछि दोलखा एमालेद्वारा अदालतविरुद्ध प्रदर्शन

आफ्नो पक्षमा आदेश नआएपछि दोलखा एमालेद्वारा अदालतविरुद्ध प्रदर्शन

काठमाडौं, जेठ २८–जिल्ला अदालत दोलखाले जुगु घटनामा त्रुटिपूर्ण आदेश गरेको भन्दै एमाले कार्यकर्ताले सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका छन् ।
गत वैशाख २६ गते स्थानीय निर्वाचनको चुनाव प्रचारका क्रममा दोहोरो झडप हुँदा गौरिशंकर गाउँपालिका–१ का कुलबहादुर तामाङ्गको मृत्यु भएको थियो । एमालेका तर्फबाट वडा सदस्यका उम्मेद्वार गोरे तामाङ्गका छोरा समेत रहेका कुल बहादुरलाई माओवादी कार्यकर्ताले हत्या गरेको भन्दै मृतकका परिवारले ४० जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी दिएका थिए ।

घटनापछि प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो । शुक्रवार सो मुद्धाको सुनुवाई गर्दै जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले थुनामा रहेका सवैलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएका थिए ।
न्यायाधीश श्रेष्ठले यस्तो आदेश गरेसँगै आईतबार एमाले कार्यकर्ताले सदरमुकाम चरिकोटमा प्लेकार्ड सहित न्यायालयबिरुद्ध मौन जुलुस निकालेको बताइएको छ ।

मौन जुलुसपछि सातदोबाटो चोकमा मृतकका आफन्तलाई राखेर पत्रकार सम्मेलन गर्ने भन्दै जिल्लामा क्रियाशिल पत्रकारहरुलाई निमन्त्रणा गरिएको पत्रकार लक्ष्मण खड्काले जानकारी दिए ।

मृतकका परिवारले पुर्व मन्त्री देवी खड्का, विशाल खड्का, गंगा कार्की (विश्व) समेतलाई कर्तब्य ज्यानको अभियोगमा किटानी जाहेरी दिएका थिए । जुगुमा उक्त घट्ना घटेको दिन गंगा कार्की पार्टी विशेषको कामले रामेछाप गएको तथा विशाल खड्का चरिकोटमै रहेको माओवादी केन्द्रले दावी गर्दै आएको छ ।
गत विहीबार जिल्ला अदालतमा थुनछेक बहस हुँदै गर्दा पनि एमालेले अदलतको गेटमा मृतकका परिवार र स्थानीय निकायमा भर्खरै निर्वाचित प्रतिनिधि राखेर धर्ना दिएको पत्रकार खड्काले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल