बाँकेमा काँग्रेस उम्मेदवारको टुङ्गो

बाँकेमा काँग्रेस उम्मेदवारको टुङ्गो

बाँके, २८ जेठ । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा सुरेशकुमार कनोडिया र उपप्रमुखमा उमा थापामगरलाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति किरण कोइरालाले बताए ।

कोहलपुर नगरपालिकाको प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सञ्जु चौधरीलाई उम्मेदवार तोकिएको छ । यसैगरी, पाँचवटै गाउँपालिकाको उम्मेदवार पनि काँग्रेसले टुङ्गो लाएको छ । खजुरा गाउँपालिकाको अध्यक्षमा नक्की खां र उपाध्यक्षमा दीपा आले, वैजनाथ गाउँपालिकाको अध्यक्षमा देवबहादुर खत्री र उपाध्यक्षमा भावना चौधरी, राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा लाहुराम थारू र उपाध्यक्षमा धनीकुमारी खत्री उम्मेदवार बनेका छन् ।

यसैगरी, जानकी गाउँपालिकाको अध्यक्षमा छब्बन खां र उपाध्यक्षमा रामप्यारी यादव र नरैनापुर गाउँपालिकाको अध्यक्षमा रामचन्द्र मौर्य र उपप्रमुखमा अतिकुन्नी साह उम्मेदवार बनेका छन् । उम्मेदवारको टुङ्गो लागे पनि अझै केही असन्तुष्ट पक्षले विरोध जनाएका छन् ।
रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल