बीबीसी
जेठ २८ – संयुक्त राष्ट्र संघले जून महिना समाप्त भएलगत्तै इथियोपियाका ७८ लाख मानिसहरुका लागि उपलब्ध गराईको आपतकालीन खाद्य सामग्री समाप्त हुने चेतावनी जारी गरेको छ ।
संयुक्त राष्ट्र संघको एजेन्सी वर्ल्ड फूड प्रोग्रामका जोन आयलिफले भने, ‘हाम्रो खानपिनको सामान जून महिनामा समाप्त हुँदैछ । यसको अर्थ यो हो कि ७८ लाख मानिसहरुले अचानक खाना पाउने छैनन् ।’
‘सेभ द चिल्ड्रन’ संस्थासँग सम्बन्धित जोन ग्राहमले भने, ‘जब खाना सिद्धिन्छ तब हामीलाई थाहा छैन के हुनेछ । खानाका सामग्री बिना खतरनाक कुपोषणको समस्या सार्वजनिक हुनेछ किनभने खानाका लागि मानिसहरुले केही पाउने छैनन् । यी बच्चा गम्भीर कुपोषणको शिकार हुनेछन् जसले निकै खतरनाक स्थिती पैदा गर्दछ ।’
सरकारले मागिरहेको छ मद्दतः
इथियोपियाको सरकार र अन्य स्थानीय संगठनले संसारका तमाम दाताहरुसँग मद्दत मागेको छ तर उनीहरु नसुनेको जस्तो गर्न सकिने आशंकाबाट डराएका छन् किनभने संसारभरी मानवताको संकट पैदा भइरहेको छ ।
संयुक्त राष्ट्रले उत्तर–पूर्वी नाइजेरिया, दक्षिणी सूडान, यमन र सोमालियामा चलिरहेको अकाललाई सन् १९४५ पछि संसकारको सबैभन्दा ठूलो मानवीय संकट भनिएको छ ।
इथियोपियाको सरकारले खडेरीसँग लड्नमा सफलता पाएको छ तर अहिलेसम्म सरकारसँग आफ्नो शक्तिमा खडेरीसँग लड्नका लागि पर्याप्त धन छैन ।
पछिल्लो वर्ष सरकारले ३ सय ८१ मिलियन डलरको राशी खडेरीसँग लड्नका लागि छुट्याएको थियो तर अहिलेसम्म खडेरीको संकट समाधान हुन सकेको छैन ।
एजेन्सी, जेठ २९ – पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाख्तुनख्वमा आइतबार भएको अज्ञात बन्दुकधारीको आक्..
एजेन्सी, जेठ २९ – कतार अन्य अरब मुलुकबीचको विवादले युद्ध निम्त्याउन सक्ने जर्मनीका विदेशमन्त्री जिकमार ग..
एजेन्सी जेठ २८ – अष्ट्रेलियामा बस्ने २४ वर्षकी आयला क्रेसवेलका प्रेमी जोशुआ डेविसको मृत्यु भइसकेको छ । तर आफ्न..
एजेन्सी जेठ २८ – यसलाई भीडको न्याय भन्ने कि आक्रोश । थुप्रै पटक एक अपराधलाई रोक्नका लागि अर्को अपराध गर्न पुग्..
नयाँदिल्ली, जेठ २७– भारतको उडिसा प्रदेशमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै द..
एजेन्सी जेठ २७ – एशियाका सबैभन्दा धनी व्यक्तिको सूचीमा ज्याक मा शीर्ष स्थानमा रहेका छन् । अलिबाबाका प्रमोटर ज्..
एजेन्सी जेठ २७ – तीर्थयात्री लिएर जाँदै गरेको हेलिकोप्टर शनिबार बिहान बद्रिनाथमा दुर्घटनाग्रस्त भएको छ । दुर्घ..
(एजेन्सी) जेठ २६, लन्डन – बेलायतमा आमनिर्वाचन सम्पन्न भएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान ७ बजे सुर..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..