हिरो श्याम बने मेयरका उम्मेदवार

हिरो श्याम बने मेयरका उम्मेदवार

काठमाडौं, जेठ २८ – अभिनेता श्याम कुमार मिश्र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कृष्णनगर नगरपालिकाकोे मेयर पदका उमेदवार बनेका छन् ।
आधा दर्जन बढि चलचित्र अभिनय गरेका मिश्र कपिलबस्तुको कृष्णनगर नगरपालिका लागि राप्रपाको तर्फबाट उमेदवार बनेका हुन् ।
अभिनयको अलवा समाज सेवामा समेत सक्रिय उनी स्वास्थ्य, शिक्षा, रोजगारी र विकास नै स्थानीय तहको मुल एजेण्डा भन्ने नार घन्काउदै अहिले घरदैलो कार्यक्रममा जुटेका छन् ।
किङ, देउता, नालायक, ब्वाइफ्रेण्ड लगायत चलचित्रमा अभिनय गरेका मिश्र गायनमा समेत देखिदै आएका छन् । मिश्रले बिजय हासिल गरे लगतै नगरपालिका भित्र विधमान फोरमैला, ढल निकासा लगायतका बिषयलाई प्रथामिकताका साथ काम गर्ने बताउदै आएका छन् ।
समाज सेवाका कारणले समेत चिनिदै आएका मिश्रले आफ्नो जित निस्चत रहेको बताए । ‘सबै जनताको राम्रो साथ पाएको छु , मलाई बिस्वास छ म जित्छु होला ।’ मिश्रले भने ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल