-धिरन खत्री
म्याग्दी, २८ जेठ । घर खर्च जुटाउन लामो समय विदेश बसेका बेनी नगरपालिका ४ बासकुनाका तिलक गुरुङको दैनिकी अहिले फेरिएको छ ।
१५ बर्ष अगाडी सम्म परिवारको गुजारा चलाउन विदेशको भुमिमा पसिना बगाएका गुरुङ अहिले आफ्नै मेहनतबाट प्राप्त आम्दानीबाट दङ्ग छन् ।
धान रोप्दै आएको १६ रोपनी जग्गामा अहिले ७ सय सुन्तलाको विरुवा लगाएका छन् । फल दिने ३५० बोटकोे सुन्तला विक्रिबाट गतवर्ष ४ लाख आम्दानी गर्न सफल भएको उनले बताए । सुन्तला खेतीमा सिचाई गर्न अन्तराषर््िट्रय स्तरको फर्टिगेसन सिचाई आयोजना विकास गरेका छन् । ५९ सालबाट सुन्तला खेती सूरु गरेका गुरुङले विगत ७ बर्ष देखि सुन्तला संगै कुखुरा र गाईभैसी पालनबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
त्यस्तै उनले सुन्तलासंगै १५ ओटा गाईभैसी र अण्डा उत्पादन हुने ३ हजार लेस कुखुरा पाल्दै आएका छन् । कुखरा पालनबाट दैनिक २७ हजारको आम्दानी हुने उनले बताए । त्यस्तै पन्ध्र ओटा उन्नत जातका गाई भैसी पालनबाट दैनिक ५० लिटर दुध उत्पादन हुने बताए ।
“मासिक रुपमा दुध उत्पादनबाट एक लाख आम्दानी र अण्डाबाट सात लाख आम्दानी हुने” उनले बताए । दाना पानी र कामदारको तलब कटाएर मासिक दुई लाख बचत गर्दै आएका छन् । साथै उनले ४ देखि ६ जनालाई नियमित रोजगार पनि दिदै आएका छन् ।, साथै छोराछोरीको पढाई खर्चमा समस्या नआएको उनले बताए ।
गुरुङ आफुले मात्र आम्दानी गरेका छैन्नन् गाउँमा सबैको लागि अहिले प्रेरणाको स्रोत पनि बनेका छन् । गुणस्तरीय रुपमा कृषि उपज गर्न सकेमा बजारको समस्या नहुने उनको अुनभव छ । फलफूल र पशुपालन ब्यवसायबाट केन्जन बहुउद्देश्यीय कृषि फर्म ४० लाख लगानी गरी संचालन गरेका गुरुङले बार्षिक ४५ लाखको कारोबार गर्दै आएका छन् ।
गुरुङले संचालन गरेको कृर्षि फर्म जिल्लाकै नमुना रहेको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाले बताए । कृषकहरुलाई कार्यालयले विभिन्न प्याकेजमा प्रोत्साहन कार्यक्रम दिदै आएको उनले बताए ।
सुन्तला र पशुपालनमा जिल्लाकै नमुना कृषकको रुपमा परिचय बनाएका गुरुङको फर्म हेर्न जिल्लाका कृषकहरुको लागि भ्रमणको केन्द्र पनि बनेको छ ।
काठमाडौँ, जेठ २८ – उद्योग विभागले चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता गरेको छ । माघ २ गतेदेखि अनल..
काठमाडौं, जेठ २८ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय क्षेत्रलाई बलियो बनाउन आ..
आकाश तारा बयक जेठ २७, सुर्खेत–कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत आयोजना निर्माण कार्य छिट्टै शुरु गर..
काठमाठौं, जेठ २७–रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत आठौं कोरियन भाषा परीक्षा आजवाट सुरु भएको छ । दक्षिण को..
एजेन्सी जेठ २७ – एलजी कम्पनीले केही दिन अघि OLED 4K सिरिजको टेलिभिजन सेट सार्वजनिक गरेको छ । यो टिभीको सबैभन्द..
पोखरा, २७ जेठ – बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने..
सुरेशचन्द्र अधिकारी चितवन, जेठ २६– झण्डै दुई वर्षदेखि कच्चा दुधको अभाव बन्द रहेको चितवन मिल्क साउनदेखि नियमित ..
काठमाडौं, जेठ २६– नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई )का उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको श्रम सम्ब..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..