अमिताभदेखि शाहरुखसम्मः जब कंगाल हुने स्थितीमा पुगेका थिए यी सेलिब्रिटी

अमिताभदेखि शाहरुखसम्मः जब कंगाल हुने स्थितीमा पुगेका थिए यी सेलिब्रिटी

एजेन्सी

जेठ २७ – अमिताभ बच्चन ‘कौन बनेगा करोडपती’ को नयाँ संस्करणबाट टेलिभिजनमा फिर्ता हुँदैछन् । स्मरण रहोस्, जब सन् २००० मा जब अमिताभ बच्चन आर्थिक समस्यासँग जुधिरहेका थिए र कंगाल हुने स्थितीमा पुगेका थिए तब यसै कार्यक्रमको पहिलो संस्करणले उनलाई ऋणमुक्त गराएको थियो । अमिताभ आफैंले यो कुराको खुलासा आफ्नो ब्लगमा गरिसकेका छन् ।

यसरी कंगाल हुने स्थितीमा पुगेका थिए अमिताभः

सन् १९९६ मा अमिताभ बच्चनले ‘अमिताभ बच्चन कर्पोरेशन लिमिटेड’ को सुरुवात गरेका थिए । एबीसीएलको लक्ष्य थियो हजार करोडको कम्पनी बन्ने तर यो ब्यानरको पहिलो फिल्म नै नराम्रोसँग फ्लप भयो ।

– यसै क्रममा बच्चनको कम्पनीले बेंगलुरुमा भएको मिस इंडिया ब्यूटी कन्टेस्टको इभेन्ट म्यानेजमन्टको काम जिम्मा लियो जसमा मानिसहरुलाई धेरै तलब दिएर राखियो र करोडौं रुपैयाँ खर्च गरियो ।

– तर उक्त इभेन्टबाट पनि केही कमाल हुन सकेन । झन्, अभिताभमाथि ऋणको बोझ थपियो । उनको कम्पनीविरुद्ध लाखौं कानूनी मुद्दा खेपिरहेको थियो । यहाँसम्मकी बैंकले ऋण तिर्नका लागि नोटिसमाथि नोटिस पठाएको थियो । त्यतिबेला अमिताभले आफ्नो बंगला ‘प्रतिक्षा’ सम्म बन्धकी राख्नुपरेको थियो ।

– त्यतिबेला अमिताभले यश चोपडासँग मद्दत माग्दा उनले ‘मोहब्बतें’ मा नारायण शंकरको भूमिका प्रदान गरे । केबीसीसँगै यो फिल्म पनि अमिताभको जीवनको टर्निङ पोइन्ट साबित भयो ।

शाहरुख खानः

शाहरुख खान आर्थिक समस्यासँग जुधिसकेका छन् । वास्तवमा सन् २०११ मा शाहरुख खानले आफ्नो सबै पैसा ‘रा–वन’ को निर्माणमा लगानी गरेका थिए ।

शाहरुख आफैंले स्विकार गरेका थिए कि यदि फिल्मले राम्रो व्यापार नगरेको भए उनी कंगाल भइसक्थे । यद्यपी, फिल्म बक्सअफिसमा सफल भयो र उनी कंगाल हुनबाट बचेका थिए ।

गोविन्दाः

फिल्म ‘पार्टनर’ सन् २००७ मा रिलिज हुनुभन्दा पहिले गोबिन्दाले नराम्रोसँग आर्थिक समस्या झेल्नुपर्यो ।

त्यतिबेला उनलाई सलमानले सहयोग गरेका थिए । फिल्म ‘पार्टनर’ पछि गोबिन्दा करिब १८ फिल्ममा देखिए जसमध्ये धेरै बक्सअफिसमा फ्लप भए ।

प्रिटी जिन्टाः

सन् २०१३ मा प्रिटी जिन्टाले आफ्नो प्रोडक्शन हाउसबाट फिल्म ‘इश्क इन पेरिस’ बाट फिर्ता हुने कोसिस गरेका थिए । तर यो भारी साबित भयो ।

एकतर्फ जहाँ फिल्मले कुनै खरिदकर्ता पाइरहेको थिएन भने अर्कोतर्फ यसका लेखक अब्बास टायरवालाले प्रिटीमाथि तलब नदिएको भनी आरोप लगाउँदै मुद्दा दर्ता गरेका थिए । यस्तो मुश्किल अवस्थाबाट पार पाउनका लागि प्रितीलाई सलमानले सहयोग गरेको बताइन्छ ।

ज्याकी श्रोफः

बलिउडमा जग्गू दादाको नामले चर्चित अभिनेता ज्याकी श्रोफ सन् २००८ मा कंगाल हुने स्थितीमा पुगेका थिए ।

उनले फिल्म निर्माता साजिद नाडियाडवालासँग ऋण लिएका थिए तर उनी त्यो चुकाउन असमर्थ भइरहेका थिए । यस्तो अवस्थामा साजिदले पैसा लिनका लागि कानूनको सहारा लिएका थिए । यद्यपी, पछि सलमान खानले यस विषयमा ज्याकीलाई सहयोग गरे । कथित रुपमा ज्याकीले उक्त ऋणलाई फ्ल्याट बेचेर चुकाएका थिए ।

अभय देओलः

सन् २०१४ मा अभय देओल पनि कंगाल हुनबाट बचेका थिए ।

वास्तवमा अभयले आफ्नो प्रोडक्सन हाउसको ब्यानरमा बनेको फिल्म ‘वान बाय टू’ पैसा लगानी गरेका थिए तर फिल्म नराम्रोसँग फ्लप भयो । अभयरले आफ्नो घर लिलामी गरेर ऋण चुक्ता गर्नुपरेको थियो ।

अनुपम खेरः

सन् २००४ मा एक समय यस्तो पनि थियो जब अनुपम खेर कंगाल भएका थिए तर उनले हिम्मत हारेनन् र ‘द एक्टर प्रिपेयर्स’ नामको संस्था खोले ।

अनुपम खेरका अनुसार एक्टिङ स्कूलको सुरुवात एक कोठाबाट गरेका थिए, त्यतिबेला उनको संस्थामा १२ बच्चा मात्र थिए ।

ए.के. हंगलः

दुईसयभन्दा बढि फिल्ममाकाम गरिसकेका ए.के हंगल सन् २००७ मा कंगाल भएका थिए ।

९५ वर्षको उमेरमा अस्पताल भर्ना भएपछि उनीसँग त्यहाँको खर्च उठाउने पैसा पनि थिएन । पछि करन जोहर र अमिताभ बच्चनले हंगलको मद्दत गरेका थिए ।

राज कपूरः

भारतीय सिनेमाका महान कलाकारमध्येका एक राज कपूर पनि एकताका कंगाल भएका थिए । यसको कारण थियो उनको बहुचर्चित फिल्म ‘मेरा नाम जोकर’ ।

यो फिल्ममा निकै धेरै पैसा र ६ वर्ष समय लागेको थियो । जब यो फिल्म रिलिज भयो तब बक्स अफिसमा आफ्नो लागतको हिसाबले पैसा कमाउन असफल रहेको थियो । फिल्म असफल भएपछि राज कपूर र उनको स्टूडियो कंगाल भएका थिए ।

भारत भूषणः

५० र ६० को दशकमा भारत भूषण हिन्दी फिल्म जगतका ठूला स्टार थिए । उनी सुरुवाती दिनका यस्ता चर्चित स्टारमा समावेश थिए जसले स्टारडम देखे । यद्यपी, जीवनको अन्तिम दिनमा उनीमाथि थुप्रै ऋण लागेको थियो ।

फिल्मी करियरमा विराम लागेपछि भारतलाई जुवा खेल्ने लत बसेको थियो । त्सपछि उनले आफ्नो बंगला, गाडी सबैकुरा गुमाए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल