पञ्चकन्याको सीपीभीसी पाईपलाई आईएसआई प्रमाण चिन्ह

पञ्चकन्याको सीपीभीसी पाईपलाई आईएसआई प्रमाण चिन्ह

काठमाडौं, जेठ २७– सीपीभीसी पाईप तथा फिटिङ्गस उत्पादन गर्दै आएको पञ्चकन्या गु्रपले भारतीय मानक ब्यूरोले प्रदान गर्ने आइएसआई गुणस्तर प्रमाण चिन्ह पाएको छ । विगत ६ वर्षदेखि ग्रुपले अमेरिका लगाएत बिकशित मुलुकमा प्रयोग हुँदै आईरहेको एनएसएफबाट प्रमाणित विश्व प्रसिद्ध जापानिज कच्चा पदार्थ प्रयोग गरी सीपीभीसी पाईप तथा फिटिङ्गस उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
प्लम्बिङ सिष्टममा यस्ता पाईपहरुलाई आम उपभोक्ताले अत्यधिक रुचाइएका छन् । कम्पनीले भारतिय बजारमा समेत निर्यात गर्ने लक्ष्य लिएको छ ।
पञ्चकन्याले मात्र यो कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुदै आएको छ । पञ्चकन्याले आफ्नो गुणस्तर प्रतिको प्रतिवद्धता तथा ‘सदैव विश्वासिलो’ र ‘सधै एक कदम अगाडी’ भन्ने आफ्नो नारालाई व्यवहारमा उतार्न समेत सफल भएको छ ।
यस्ता पाईपहरु तातो–चिसो पानीकोलागी सुहाउँदो, लिड फ्रि, नन–कोरोसिब, नन–टक्सिक, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त भई वातावरण अनुकूल, स्वास्थ्यको हिसावले अति उत्तम, तुलनात्मक रुपले किफायती र सस्तो हुनुका साथै कम्तिमा ५० वर्षसम्म ढुक्ककासाथ प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल