वेटर थिइन् सोनम कपूर, चार दिनभित्रै कामबाट निकालिएको थियो

वेटर थिइन् सोनम कपूर, चार दिनभित्रै कामबाट निकालिएको थियो

एजेन्सी

जेठ २७ – बलिउडकी नायिका सोनम कपूरको जन्मदिन जून ९ तारिखमा पर्छ । उनी शुक्रबारबाट ३२ वर्ष पुगेकी छिन् । आफ्नो अभिनय कलासँगै उनी निकै टाढा आइपुगेकी छिन् । फिल्म ‘नीरजा’ का लागि उनलाई नेशनल अवार्डबाट पनि सम्मानित गरिएको थियो ।

भर्खरै जन्मदिन मनाएकी सोनमको जीवनसँग जोडिएका केही रोचक कुराबारे जानकारी लिऔं ।

सोनमले  पहिलो जागिर सिंगापुरको एक रेष्टुरेन्टमा वेट्रेसको रुपमा गरेकी थिइन् । यद्यपी, उनलाई चारदिन पछि कामबाट निकालिएको थियो ।

सोनमले एक च्याट शोको क्रममा १८ वर्षको उमेरदेखि नै आफूले अभिभावकसँग एक रुपैयाँ पनि नलिएको बताएकी थिइन् ।

सोनमलाई उचाईंसँग डर लाग्छ तर न्यूजिल्याण्डमा स्काइडाइविङ गरेर उनले आफ्नो उक्त डरलाई हटाइन् ।

सोनमले सिमी गरेवालको च्याट शोमा कुराकानी गर्दै उनी लिभ इन रिलेशन कहिले निष्कर्षसम्म नपुग्ने भएकाले यसमा विश्वास नगर्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘म विवाहमा विश्वास राख्छु ।’

सोनमका अभिभावकले उनका लागि कहिले पनि डिजाइनर सामग्री खरिद गरेका थिएनन् । ‘सांवरिया’ फिल्मपछि उनले लण्डनमा आफ्नो लागि पहिलो पटक डिजाइनर ब्याग खरिद गरेकी थिइन् ।

सोनम निकै राम्रा कविता पनि लेख्ने गर्छिन् । १६ वर्षको उमेरमा उनले लेखेको ‘एम्बीसन’ नामको कविताले निकै चर्चा कमाएको थियो ।

सोनमका पहिलो प्रेमी डच नागरिक थिए ।

सोनमले आफ्नो जिब्रो छेडेकी थिइन् तर ‘सांवरिया’ का लागि उनले यसलाई हटाउनु पर्यो ।

सोनम जब १९ वर्षकी थिइन् तब उनका प्रेमीले उनको तौल बारे हास्यास्पद टिप्पणी गरेका थिए । त्यसपछि सोनमले उनीसँग ब्रेकअप गरेका थिए ।

पछि सोनमले आफ्नो तौल नियन्त्रण गर्नका लागि निकै गाह्रो तालिम लिइन् र फिल्ममा आउनुभन्दा पहिले सोनमले ३५ किलो तौल कम गरिन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल