बेसबल खेलाडी छनोट

बेसबल खेलाडी छनोट

जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले प्रशिक्षणका लागि छनोट गरेको छ ।
एकेडेमीले भक्तपुर बेसबल एण्ड सफ्टबल क्लब राईजिङ्ग स्टार्समा आवद्ध २० वर्षिय केसीलाई तीन महिने प्रशिक्षणका लागि छनोट गरेको हो । एकेडेमीले एसिया, अफ्रिका, युरोप र दक्षिण अमेरिकाबाट १० जना खेलाडी छनोट गरेकामा केसी १० जनाभित्र परेका हुन् । नेपालबाट केसीलाई छनोट गरिएको निर्णयलाई जापानको नेष्नल बेसबल टिमले आफ्नो वेभसाइटमा प्राथमिकतासाथ स्थान दिएको छ ।
केसी प्रशिक्षणका लागि जुन महिनाको अन्तिममा जापान जाने भक्तपुर बेसबल एण्ड सफ्टबल क्लब राईजिङ्ग स्टार्सका अध्यक्ष रोशन थापाले जानकारी दिए । प्रशिक्षणपछि लिइने परीक्षामा उत्तीर्ण भए केसी अमेरिका र क्यानाडामा हुने इन्डिपेन्डेन्ट लिगमा सहभागी हुन पाउने छन् ।।।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल