कान्छी श्रीमतीको नीजि तस्बिर सार्वजनिक गरेपछि नराम्ररी फसे यी क्रिकेटर

कान्छी श्रीमतीको नीजि तस्बिर सार्वजनिक गरेपछि नराम्ररी फसे यी क्रिकेटर

एजेन्सी

जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श्रीमती नसरिनले अराफतले उनलाई उनको पहिलो विवाह बारे जानकारी नदिई आफूलाई धोका दिएर विवाह गरेको आरोप लगाइन् । स्मरण रहोस्, अराफतले आफ्नी कान्छी श्रीमतीका नीजि तस्बिरहरु सोसल मिडियामा सार्वजनिक गरेका थिए । तत्पश्चात्, नसरिनले उनीमाथि मुद्दा दर्ता गरेकी थिइन् ।

अराफातलाई बुधबार ढाकाको अदालतका जज कमरुल हसनले मौलाले जमानत दिन अस्विकार गरेका थिए । उनीमाथि पहिले नै श्रीमतीको गोप्य जानकारी भंग गरेको र दाइजोको विषयमा ट्राइल चलिरहेको थियो भने अब उनीमाथि कान्छी श्रीमतीलाई पहिलो विवाहबारे जानकारी नदिएको भन्ने आरोप लागेको छ ।

दुबै श्रीमती राख्न चाहन्थेः

बायाँ हातका स्पिनर अराफतलाई नसरिनको उजुरीपछि २२ जनवरीमा पक्राउ गरिएको थियो । मुद्दा अगाडि बढ्दै जाँदा थाहा भयो कि अराफत पहिलेदेखिकै विवाहित थिए । वकिलका अनुसार अराफात नसरिनलाई दोस्रो श्रीमतीको रुपमा राख्न चाहन्थे र उनले  यसका लागि एक फ्ल्याट पनि खरिद गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल