जेठ २६, टेक्सस – पत्रकार किरण मरहठ्ठाको पुस्तक “द होप”बारे टेक्ससको ह्यूस्टनमा गत बुधबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । डिकुरा पब्लिकेसन नेपालले यसै साता सार्वजनिक गरेको उक्त पुस्तक माथी पत्रकार कृष्ण न्योपानेले समीक्षात्मक टिप्पणी गरेका थिए । “ द होप पत्रकारिताको नवप्रवेशीका लागी पढ्नै पर्ने पुस्तक हो ।” न्योपानेले भने ।
क्रियटीभ नेपाली सोसाइटी ह्यूस्टनको आयोजनामा भएको कार्यक्रममा समाजका अध्यक्ष उमापती भुसालले द होप बर्तमान नेपाली समाजको बास्तविक चित्रण भएको बताए । “द होपले नेपाली समाजको आजको युग बोकेको छ जसले हाम्रो पुस्तालाइ नविन आशाको सञ्चार गर्नेछ ।” उनले भने ।
कार्यक्रममा क्रीयटीभ नेपाली सोसाइटीका सल्लाहकार एवं प्राध्यापक देव भुसालले पुस्तकले समेटेका विभिन्न व्यक्तित्वहरुको विचारको सार नै संघर्षबाट सफलता भन्ने रहेको टिप्पणी गरेका थिए ।
“सफलताको लागि आशालाइ जिवित राख्न सक्नुपर्छ भन्ने संदेश पुस्तकले दिएको छ ।” भुषालले बताए । बरिष्ठ उद्योगी दुर्गा पाठकले पुस्तक लेखनको भीडमा द होप ले अपनाएको नविन शैली अन्य लेखकको लागी पनि उदाहरण बन्न सक्ने बताएका थिए ।
“विषयवस्तु र प्रस्तुतीकरणका हिसाबले द होप अब्बल कृती हो,” उनले भने । करिब २ सय २० पन्नामा नेपालका विभिन्न क्षेत्रका प्रख्यात ब्यक्तित्वहरुको विचार समेटिएको पुस्तकका बारेमा यूवा व्यवसायी विष्णु पाठकले पुस्तकले बोकेको अर्थराजनीतिक पाटोको विश्लेषण गर्दै लेखकले एउटै कृतिमार्फत बर्तमान नेपालको आर्थीक, सामाजीक, राजनीतिक तथा संस्कृतीक विषयबस्तुको गहन चित्रण प्रस्तुत सफल भएको टिप्पणी गरेका थिए ।
काठमाडौँ, जेठ २७– लुम्बिनी कपिलवस्तु विश्व अभियानले बेल्जियमका न्यायमन्त्री कोएन गककएन्सलाई लुम्बिनीको तस्बिर ..
कबि एबं नियँत्राकार बिनोद खड्काको पहिलो नियात्रा संग्रह “ओला” को लोकार्पण भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहि..
कल्पना पौडेल अबुधाबी दुबई, २६ जेठ । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पु..
फ्रान्स, जेठ २५ – फ्रान्सको राजधानी पेरिसमा सांस्कृतिक कार्यक्रमसहित नेपाल फेस्टिभल सम्पन्न भएको छ । शनिबार र ..
जेठ २४, काठमाण्डौं । नयाँ शक्ति पार्टी नेपाल प्रवास प्रादेशिक समितिले विभिन्न मुलकले कतारसँगको कुटनितिक सम्वन्..
म्याग्दी, जेठ २३ –गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित ब..
किरण ढकाल काठमाडौं, जेठ २३– करिव चार दशक पुरानो खाडी मुलुकको एकता सोमबार एकाएक तोडिएको छ । खाडीका शक्तिशाली मा..
काठमाडौं, जेठ २३ –नेपाली युवा उद्यमीहरुको प्रतिनिधिमण्डलले अमेरिकाको क्यालिफोर्नियाका कंग्रेस म्यानइरिक स्वालव..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..