बेलायतमा आमनिर्वाचनको परिणाम आज आउने : कसले मार्ला बाजी ?

बेलायतमा आमनिर्वाचनको परिणाम आज आउने : कसले मार्ला बाजी ?

(एजेन्सी) जेठ २६, लन्डन – बेलायतमा आमनिर्वाचन सम्पन्न भएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान ७ बजे सुरु भएको मतदान बेलुका १० बजे सम्पन्न भएको हो । तल्लो हाउस अफ कमन्सको ६ सय ५० सिटका लागि निर्वाचन भएको हो ।

साढे चार करोड मतदाता
निर्वाचनमा देशभर ४० हजारभन्दा बढी मतदान केन्द्र तोकिएको थियो ।मतदानका लागि चार करोड ६९ लाख मतदाता थिए । २०१५ को आमनिर्वाचनको तुलनामा यो केही बढी हो । सो निर्वाचनमा चार करोड ६४ लाख मतदाता थिए ।

शुक्रबार साँझ अन्तिम परिणाम
मतदान सकिएलगत्तै मतगणना सुरु भएको छ । मध्यरातसम्म केही क्षेत्रको मतपरिणाम घोषणा हुने र शुक्रबारसम्म अन्तिम परिणाम आउने अनुमान गरिएको छ ।

सुरक्षा कडा
अतिवादी आक्रमणको पृष्ठभूमिमा कडा सुरक्षाबीच निर्वाचन सम्पन्न भएको छ ।

मुख्य प्रतिस्पर्धा


-निर्वाचनमा बेलायती प्रधानमन्त्री थेरेसा मेको कन्जरभेटिभ पार्टी र जर्मी कोरबिनको लेबर पार्टीबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
-यसअघि प्रधानमन्त्री थेरेसा मेको पक्षमा जनमत देखिएपनि निर्वाचन नजिकिँदा लेबर पार्टीप्रति पनि समर्थन बढेको पाइएको छ ।
-निर्वाचन हुनुभन्दा केही समयअघिको एक सर्वेक्षणले कन्जरभेटिभ पार्टीले जित्ने देखाएको छ ।
-शृंखलाबद्ध अतिवादी हमलापछि प्रधानमन्त्री मे आलोचित बनेकी छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल