एक रुपैयाँमै प्रभु बैंकको अास्वा सेवा

एक रुपैयाँमै प्रभु बैंकको अास्वा सेवा

काठमाडौं, जेठ २५–प्रभु बैक लिमिटेडले ग्राहकलाई बैकको केन्द्रिय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयबाट आस्वा सेवा एक रुपैयाँमै उपलव्ध गराउने भएको छ ।
यस प्रणाली अन्र्तगत धितोपत्र निष्काशन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त फारम बुझेर निजको यस बैकमा भएको चल्ती, बचत वा कल खातामा रोक्का राखी दरखास्तको हिष्सा दिइने पनि बैंकले जनाएको छ । धितोपत्र बाँडफाँट भएपछि निबेदकको नाममा शेयर बाँडफाँट भए बराबरको रकम मात्र खाताबाट कट्टागरि बाँकी रकम सोही खातामा फुकुवा गरिने जनाइएको छ ।
बैंकले यो सेवा अन्र्तगत यस बैकका १३४ शाखाबाट दरखास्त लिने व्यवस्था सहित बैक खाता तथा डिम्याट खाता पनि सहजताका साथ खोल्ने व्यवस्था गरेको छ । आश्वा सेवा संचालन गर्ने इजाजत बैंकले गत माघ ५ गते पाएको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल