ई–लाइब्रेरी खोल्न दुई लाखको चेक हस्तान्तरण

ई–लाइब्रेरी खोल्न दुई लाखको चेक हस्तान्तरण

वीरगञ्ज, जेठ २५– जन ज्योती उच्च माध्यमिक विद्यालय तनहुँ हिमादबाट २०४४ सालमा एसएलसी दिने समुहका विद्यार्थीले छोरीमैया श्रेष्ठ स्मृति प्रतिष्ठानलाई दुई लाखको चेक हस्तान्तरण गरेका छन् ।
समाज उत्थानका लागि सामाजिक, शैक्षिक क्षेत्रमा योगदान पु¥याउँदै आएको संस्था छोरी मैया स्मृति प्रतिष्ठानी प्रमुख सुजाता श्रेष्ठलाई २०४४ एसएलसी समुहका तर्फबाट संयोजक निर्मला श्रेष्ठ र राम कृष्ण राणाले दुई लाखको सो चेक हस्तान्तरण गरेका हुन् ।
समुहका १८ जना विद्यार्थी रामकृष्ण राणाले ३५ हजार, निमेश (राम) थापाले ३० हजार, दानु राना र काजी रानाले २५ हजार, सुजाता श्रेष्ठले १५ हजार, गीरी उचाईले १० हजार, निर्मला श्रेष्ठले सात हजार सहयोग राशी प्रदान गरेका छन् । सरिता श्रेष्ठ, सरिना थापा, पशुपति मल्ल, सरस्वती पाण्डे, चन्द्रा श्रेष्ठ, कृष्ण भक्त पालीखे, जमुना भण्डारी, राजेश खनाल, नगेन्द्र सुवेदी र मशेन्द्र सुवेदीले जनही पाँच हजारको दरले दिएका छन् । सोमराज सुवेदीले तीन हजार नगद प्रदान गरी संकलित दुई लाख रकमको चेक प्रदान गरेको प्रतिष्ठानकी प्रमुख सुजाता श्रेष्ठले जानकारी दिइन् ।
प्रतिष्ठानले पाएको सो रकमबाट तनहुँ जिल्लाकै कुनै विद्यालयमा इ–लाइब्रेरी खोल्ने योजना रहेको प्रमुख श्रेष्ठले बताइन् । छोरी माया प्रतिष्ठानले विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा काम गर्ने सिलसिलामा तनहुँ र धादिङ जिल्लाका विभिन्न १० वटा विद्यालयका करिब चार सय जना विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री लागयत प्रदान गरी सहयोग गरिसकेको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने अध्यक्ष श्रेष्ठले बताइन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल