नबिल बैंक र ब्रिटिस काउन्सिलबीच सम्झौता

नबिल बैंक र ब्रिटिस काउन्सिलबीच सम्झौता

काठमाडौं, जेठ २५–नबिल बैंक र ब्रिटिस काउन्सिलले आइऐएलटिएस लगायत विभिन्न टेस्ट परीक्षाको शुल्क संकलन सहजिकरण गर्ने सम्झौता गरेका छन । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोसी र ब्रिटिस काउन्सिलका निर्देशक डा. जोभन लिकले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
साझेदारीको माध्यमबाट ब्रिटिस काउन्सिलले सञ्चालन गर्ने परीक्षामा सहभागि हुने बिद्याार्र्थीले तिर्नुपर्ने शुल्क नबिल बैंक लिमिटेडका तोकिएका निश्चित शाखावाट बुझाउन सक्ने जनाइएको छ । बैंकले यो सेवा काठमाडौं उपत्यका बाहिरका शाखा बुटवल, बिराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज, विर्तामोड, पोखराबाट असार १ गतेदेखि र काठमाडौं उपत्यकामा रहेका ९ वटा शाखा तिनधारा, ललितपुर, कौशलटार, महाराजगञ्ज, नयाँसडक, नयाँ बानेश्वर, कान्तिपथ, बालाजु, चाबहिलबाट असार ४ गते देखीबाट सञ्चालन हुने जनाएको छ ।
नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले आइऐएलटिएस लगायत अन्य टेष्टको शुल्क संकलन गर्न ब्रिटिस काउन्सिलसँग साझेदारी गर्न पाउँदा खुशी महशुस गरेको वताए । ब्रटिस काउन्सिलका निर्देशक डा. जोभन लिकले साझेदारको रुपमा यस बैंकलाई रोजेको र बैंकबाट सुने अनुसारकै गुणस्तरीय ब्यवसायिक सेवा प्राप्त गर्ने अपेक्षा राखे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल