सेनाको जहाज दुर्घटना: १०६ यात्रु सवार जहाजको भग्नावशेष आन्डमन सागरमा फेला

सेनाको जहाज दुर्घटना: १०६ यात्रु सवार जहाजको भग्नावशेष आन्डमन सागरमा फेला

-एजेन्सी
जेठ २५, यांगुन – एक सयभन्दा बढी यात्रु बोकेको म्यानमार सेनाको हराइरहेको विमानको भग्नावशेष आन्डमन सागरमा फेलापरेको छ । बुधबार दिउँसो म्यानमारको दक्षिणी सहर मिइकबाट यांगुनका लागि उडेको वाई–८ एफ–२०० विमान दिउँसो एक बजेर ३५ मिनेट जाँदा आन्डमन सागरमाथि पुगेपछि सम्पर्कविहीन भएको थियो । विमानमा १ सयभन्दा बढी सैनिक र उनीहरूका परिवार सवार थिए । ट्राफिक कन्ट्रोलरसँग विच्छेद भएपछि नौसेनाका जहाजले विमान खोजी गरेका थिए ।

‘दक्षिणी मिइकबाट १३६ माइलको दूरीमा रहेको समुद्रमा नौसेनाले दुर्घटनाग्रस्त विमानका टुक्राहरू फेलापारेका छन्,’ मिइक सहरका पर्यटन व्यवसायी नेइङ लिन जाले बताए । नौसेनाले समुद्रमा खोजीकार्य तीव्र पारेको पनि उनले बताए । विमानभित्र कति यात्रु थिए भन्ने यकिन तथ्यांक सार्वजनिक भइसकेको छैन । म्यानमारको कमान्डर इन चिफको कार्यालयका अनुसार विमानभित्र चालक दलका १४ सदस्यसहित १०६ यात्रु थिए । यात्रुमध्ये अधिकांश सिपाही र उनीहरूका परिवार थिए । उनीहरूमध्ये एक दर्जनभन्दा बढी बालबालिका थिए ।

बेपत्ता विमानको खोजीका लागि चारवटा जलसेनाका र दुईवटा हवाई फोर्सका विमान परिचालन गरिएको थियो । म्यानमारमा अहिले वर्षात् मौसम सुरु भइसकेको छ । तर, दुर्घटनाको समयमा आकाशमा कुनै खराब मौसम नदेखिएको बताइएको छ । ‘विमानमा प्राविधिक समस्या आएको हुनुपर्छ, विमान उडेको आकाशमा मौसम सफा थियो,’ विमानस्थल स्रोतको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ । चीनमा निर्मित सो विमानलाई म्यानमारको सेनाको सामान ओसारपसारका लागि प्रयोग गथ्र्यो । सो विमान सेनाले गत वर्षको मार्चमा किनेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल