‘इन्टर कलेज क्रिक्सल २०७४’ को उट्घाटन (हेर्नुस तस्वीर सहित)

‘इन्टर कलेज क्रिक्सल २०७४’ को उट्घाटन (हेर्नुस तस्वीर सहित)

काठमाडौं, जेठ २३ – त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टद्वारा आयोजित इन्टर कलेज क्रिक्सल २०७४ को उट्घाटन समारोह भब्यताका साथ सम्पन्न भएको छ।
चार दिनसम्म चल्ने सो प्रतियोगितामा प्रमुख अतिथिको रुपमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्दी शेर्पाको उपस्थिति थियो ।
बिशेष अतिथिको रुपमा राष्ट्रिय क्रिकेट टिमका खेलाडी बसन्त रेग्मी र स्कुल अफ म्यनेजमेन्टका निर्देशक प्रोफेसर डाक्टर महानन्द चालिसे साथै अतिथिको रुपमा युनिभर्सिटी क्रिकेट क्लब का अध्यक्ष सुमन राज कार्की र हिमालय किकेटअक्याडमी का निर्देशक सुदीप शर्मा को उपस्थिती रहेको थियो।
१२ ओभरको इनिङ रहेको ५ वटा खेलमा क्रमश, नेपाल कमर्श क्याम्पस, त्रिटन कलेज, गोल्डेनगेट कलेज, स्कुल अफ म्यानेजमेन्ट को टिम पहिलो र दोश्रोले जीत हात पारेका छन।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु ३५ हजार र दोस्रो हुनेले रु २१ हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य आकर्षक पुरस्कार, सिल्ड तथा प्रमाणपत्र पनि वितरण गरिने आयोजकले जनाएको छ ।
यस प्रतियोगितालाई रेडबुल इनेर्जी द्रिङ्गक्स ले प्रायोजन गरेको छ भने सह प्रायोजनमा बि एस आर मुभिज र जाल्पा फ्रेश रहेका छन। सो प्रतियोगिताको बैन्किङ पाटनर यती डिभेलपमेन्ट बैंक रहेको छ भने ब्यानर प्रायोजन टाटा टिआगोले गरेको छ।

साथै यो प्रतियोगिता, इनिसिएटिब नेपाल प्राइभेट लिमिटेड, गिन्जा रेस्टुरेन्ट एण्ड बार, साइक्लोन नेपाल, बस्त्र, ओक्स्फोर्ड बुक्स एण्ड फोटोकपी, सिजी इन्स्टिचिउट अफ म्यनेजमेन्ट, सुमित्रा स्पोर्टस नेपाल, जर्सी पसल, सेरेन ट्राभल्स, बैन्किङ ट्रेनिङ इन्स्टिचिउट,सीमा इन्स्टिचिउट र फ्रेन्डसिप ट्रेक द्वारा समर्थित छ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल