नयाँ शक्ति प्रवासको कतारमा रहेका नेपालीप्रति चिन्ता

नयाँ शक्ति प्रवासको कतारमा रहेका नेपालीप्रति चिन्ता

जेठ २४, काठमाण्डौं । नयाँ शक्ति पार्टी नेपाल प्रवास प्रादेशिक समितिले विभिन्न मुलकले कतारसँगको कुटनितिक सम्वन्ध विच्छेद गरे पश्चात त्यहाँ कार्यरत नेपाली नागरिकको बारेमा चिन्ता व्यक्त गरेको छ । प्रवास प्रादेशिक समितिले आज प्रेस विज्ञप्ती जारी गर्दै कतारमा रहेका नेपालीहरुले विभिन्न समस्या भोग्न परेको जानकारी प्राप्त भएको भन्द ति समस्या छिटो भन्दा छिटो समाधान हुनेमा विश्वस्त रहेको बताएको छ । समतिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तीमा कतार जाने र बाहिरीने हवाइ उडानहरु सिमित हुदै जानु र साउदी र कतारको सिमाको साउदीपट्टी बहुराष्ट्रिय कम्पनीमा कार्यरत नेपाली समुदायका कर्मचारी र सवारी चालकहरु अलपत्र पर्नु, खाद्यान्न एवम् उपभोग्य वस्तु किन्न लामो लाइनमा बस्नुपर्ने जस्ता त्यहाँ श्रुजना भएकोमा चिन्ता व्यक्त गरिएको छ । खासगरी कतारको समृद्धिमा नेपाली श्रमको ठुलो योगदान रहेको सन्दर्भमा नेपाली समुदायको आवागमन, कार्यस्थल र वासस्थानको पूर्ण सुरक्षा तथा उपभोग्य वस्तुहरुको सुनिश्चितता गरिनु पर्ने कुराको माग गर्दछ, विज्ञप्तीमा भनिएको छ । साथै विज्ञप्तीमा समस्या समाधानका लागि नेपाल सरकारद्वारा कतार सरकार र संलग्न सबै पक्षसँग तत्काल वार्ता गरि समस्या समाधान गर्न समेत माग गर्दछ भनिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल