प्रेमी गर्न चाहन्थे आत्महत्या, बारम्बार मेसेज पठाएर प्रेमिकाले उक्साइन्ः गयो ज्यान

प्रेमी गर्न चाहन्थे आत्महत्या, बारम्बार मेसेज पठाएर प्रेमिकाले उक्साइन्ः गयो ज्यान

बीबीसी

जेठ २४ – अमेरिकाकी एक प्रेमिकाले प्रेमीलाई आत्महत्याको लागि उक्साएको घटना सार्वजनिक भएको छ ।

२० वर्षकी मिशेल कार्टरलाई जुवेनाइल कोर्टमा ट्रोयल चलिरहेको छ । मिशेलमाथि तीन वर्ष पहिले आफ्नो प्रेमी कोनरेड रोष्को आत्महत्याको मामलामा अनैच्छिक हत्याको आरोप लागेको छ ।

अभियोजन पक्षको आरोप छ कि मिशेलले कोनरेडलाई सहानुभूती बटुल्नका लागि आत्महत्याको बाटो अपनाउन पूरा दबाब दिएकी थिइन् ।

मिशेलले कस्तो एसएमएस पठाएकी थिइन् ?

ब्रिस्टल काउन्टी डिस्ट्रिक्ट अटोर्नी अफिसको रेकर्ड अनुसार मिशेलले कोनरेडलाई थुप्रै मेसेज पठाइन् । ती एसएमएस केही यस्ता थिएः

सन् २०१४ जुलाई १४ तारिखः

– कोनरेड, तिमीले यस्तो गर्नैपर्छ । तिमी यसको लागि निकै तयार छौ । तिमीले बस् जेनेरेटर मात्र अन गर्नुपर्छ र त्यसपछि तिमी स्वतन्त्र र खुसी हुनेछौं ।

– अन्त्यमा अब तिमी स्वर्गमा खुसी हुँदैछौ । अब थप पीडा हुनेछैन । तिमी डराउनु सामान्य हो । तिमी मर्ने तयारीमै छौ ।

यसैबिच कोनरेडले मिशेलको कुरामा शंका जताए तर उनले दबाब दिइरहिन्ः

– मलाई लाग्छ कि तिमी यस्तो गर्न चाहन्छौ । यो एकदम सही समय हो, तिमी आत्महत्याको लागि तयार छौ बेबी ।

– अब आत्महत्यालाई अझै नलम्ब्याउ । प्रतिक्षा नगर ।

भोली बिहान कोनरेड आफ्नो कारमा मृत फेला परे । उक्त कार म्यासाच्यूसेट्सको फेयरहेव्नसमा पार्किङमा राखिएको थियो जहाँ कार्बन मोनोक्साइडका कारण कोनरेडको मृत्यु भएको थियो ।

एक मेसेजमा कोनरेडले कारबाट निस्कने चाहेको बताएपनि मिशेललाई त्यही बस्न दबाब दिइरहेको बुझिएको छ ।

‘मलाई लाग्यो छोरा डिप्रेशनमा छ’

कोनरेड रोयकी आमाले मंगलबार अदालतमा भनिन्, ‘मलाई लागेको थियो कि मेरो छोरा थोरै डिप्रेशनमा थियो । कोरनेटले आत्महत्या गर्ने कुरामा मलाई अलिकति पनि शंका थिएन ।’

उक्त घटनापछि कार्टरले कोनरेडकी आमालाई मेसेज पठाए, ‘म उनलाई प्रेम गर्दथें । मलाई थाहा छ कि मेरो उमेर कम छ तर मैले आफ्नो भविष्य उनीसँग मात्र देखेको थिएँ ।’

असिस्टेन्ट डिस्ट्रिक्ट अटोर्नी मेरिक्लेयर फ्लिनको आरोप अनुसार कार्टरले कोनरेडलाई कठपुतलीको रुपमा प्रयोग गरिन् ता कि उनी एक ‘दुःखी प्रेमिका’ को रुपमा मानिसहरुको ध्यान खिच्न सकून् ।

कोनरेडका वकिलले बोल्ने स्वतन्त्रताको अधिकारको आधारमा उक्त केसलाई खारेज गर्नुपर्ने अपिल गरेका छन् । तर केसको सुनुवाई गरिरहेका न्यायाधिसले अमेरिकी संविधानका अनुसार आत्महत्याका लागि उक्साउनेलाई उम्कन दिन नहुने बताएका छन् ।

आत्महत्या गर्ने अनलाइन तरिका खोज्दथे कोनरेडः

मिशेलका वकिलका अनुसार कोनरेड पारिवारिक झगडा र डिप्रेशनबाट छुटकारा पाउनका लागि आत्महत्या गर्न चाहन्थे ।

केही यस्ता पनि दस्तावेज छन् जसले यो कुरा बताउँछ क िकोनरेडले थुप्रै पटक आत्महत्या गर्ने कोसिस गरेका थिए । उनी अनलाइनमा आत्महत्या गर्ने तरिकाबारे खोजी गर्दथे ।

कोनरेडलाई मिशेलले पठाएका केही अन्य मेसेज सुनुवाईको क्रममा पेश गरियो । जुन यस्तो थियो –

तिमीले मलाई भन्यौ कि तिम्रो आमाले कम्प्युटरमा आत्महत्यासँग जोडिएका केही कुरा देखिन् तर केही पनि भनिनन् । मलाई लाग्छ कि यो तपाईंको दिमागमा भएको कुरा उहाँलाई थाहा छ र उहाँ पनि यसको लागि तयार हुनुहुन्छ ।

कोनरेड तिम्री आमाले सधैं तिमीलाई आफ्नो मुटुमा राख्नेछिन् ।

जवाफमा कोनरेडको मेसेज आउँछ – Awww., धन्यवाद मिशेल ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल