विद्यालयकोे भवन पुननिर्माण गर्न पोर्चुगलबाटसाढे दुई लाख सहयोग

विद्यालयकोे भवन पुननिर्माण गर्न पोर्चुगलबाटसाढे दुई लाख सहयोग

म्याग्दी, जेठ २३ –गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित बालमन्दिर आधारभुत विद्यालयको भवन पूननिर्माणका लागि पोर्चुगलमा रहेका म्याग्देलीहरुले करिब साढे दुई लाख रुपैयाँ सहयोग गरेका छन् ।
प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगल र त्यहाँ रहेका पुर्व विद्यार्थीहरुको सक्रियतामा दुई लाख ४२ हजार रुपैया सहयोग प्राप्त भएको हो ।
मोना पोर्चुगलको पहलमा संकलीत ८० हजार ३८० रुपैया मंगलबार बेनीमा मोनाका संरक्षक सुवास कुमार श्रेष्ठ मार्फत विद्यालय व्यवस्थापन समितिका सदस्य सुमन बानिया र शिक्षक रामप्रसाद शर्मालाई हस्तान्तरण गरिएको छ ।
मोना पोर्चुगलका अध्यक्ष कुमार राम्जाली, उपाध्यक्ष राजन थापा, कोषाध्यक्ष मिनकुमारी सिउथानी (नानी)को सक्रियतामा त्यहाँ रहेका नेपाली र विदेशीहरुबाट सो रकम संकलन गरिएको थियो । यसअघि पोर्चुगलमा रहेका विद्यालयका पुर्व विद्यार्थी लिलाधर पौडेल र राखुका वकील केसीको पहलमा एक लाख ६२ हजार रुपैया सहयोग प्राप्त भएको थियो ।
सो विद्यालयको भवन पुननिर्माणका लागि हालसम्म स्थानीय बासिन्दा, प्रवासी संस्था, व्यक्ति र पुर्व विद्यार्थीहरुबाट १८ लाख ३९ हजार १८६ रुपैया जुटेको शिक्षक शर्माले जानकारी दिनुभयो । दक्षिण कोरीयाबाट छ लाख ६९ हजार २००, अस्टेलीयाबाट दुई लाख पचास हजार रुपैया प्राप्त भएको छ ।
भवन पुननिर्माणका लागि विद्यालयले २२ लाख रुपैयाँमा जग्गा खरिद गरिसकेको छ । आगलागीबाट जलेर ध्वस्त भएपछि पठनपाठन प्रभावित भएको छ । १७४ जना बालबालिकाले अध्ययन गर्ने सो विद्यालयको ५ वटा कक्षा पालको टहराबाट सञ्चालन भएको छ । आगलागी हुँदा सो विद्यालयको १० कोठे भवन जलेर ध्वस्त भएको थियो । विद्यालयको प्रशासन, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षा कोठा रहेको भवनमा आगलागी हुदाँ ९२ लाख रुपैयाँ बराबरको क्षति पुगेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल