तोडियो गल्फ स्टेट युनियन, एक्लियो कतार: ६ लाख नेपालीको रोजगारी गुम्ने खतरा

तोडियो गल्फ स्टेट युनियन, एक्लियो कतार: ६ लाख नेपालीको रोजगारी गुम्ने खतरा

किरण ढकाल

काठमाडौं, जेठ २३– करिव चार दशक पुरानो खाडी मुलुकको एकता सोमबार एकाएक तोडिएको छ । खाडीका शक्तिशाली मानिएका मुलुकहरुले आतंकवादलाई प्रश्रय दिएको तथा आतंकवादी गतिविधिमा सघाउ पु¥याएको भन्दै ३६ वर्ष पुरानो गल्फ स्टेट युनियन तोड्दै कतारलाई एक्लो वनाएका हुन् ।

खाडी मुलुकवाट एक्लिएको कतारलाई अहिले सवै भन्दावढी सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगितामा धक्का लाग्ने देखिएको छ । सो आयोजनाको मिति नजिकिँदै गर्दा कतार एक्लो भएपछि त्यहाँको अर्थतन्त्र र रोजगारीमा समेत गम्भिर असर पर्ने देखिएको छ । ठूलो संख्यामा नेपाली कामदारसमेत रहेको कतारलाई अर्थतन्त्रमा थप समस्या हुने अनुमान गरिएको छ ।

आतंकवादलाई सघाउ पु¥याउँदै आएको भन्ने अमेरिकाको आरोपपछि खाडी मुलुकले कतारलाई एक्लाएका हुन् । साउदी अरव, युएई, वहराइन, ओमान, इजिप्ट, यमन, लिविया लगायत माल्दिभ्स लगायतले कतारसँगको सम्वन्ध तोडेका हुन् । उनीहरुले छोटो समयावधी दिदै आफ्ना नागरिक र सरकारी अधिकारीहरुलाई कतार छाड्न निर्देशन समेत दिएका छन् । ती मुलुकले कतारी सरकारी कुटनीतिज्ञलाई पनि ती मुलुक छाड्न भनिसकेका छन् । यसवाट कतारलाई थप चेपुवामा पार्ने काम भएको छ ।

आतंकवादलाई सघाउ पु¥याउँदै आएको भन्ने अमेरिकाको आरोपपछि खाडी मुलुकले कतारलाई एक्लाएका हुन् । साउदी अरव, युएई, वहराइन, ओमान, इजिप्ट, यमन, लिविया लगायत माल्दिभ्स लगायतले कतारसँगको सम्वन्ध तोडेका हुन् ।

कतार खाडी मुलुकहरुमा निक्कै राम्रो आर्थिक वृद्धिदर हासिल गरेको र ठूलो संख्यामा विदेशी कामदारलाई रोजगारी प्रदान गरिरहेको मुलुक हो । कतारले पछिल्ला वर्षहरुमा सने २०२२ को विश्वकप आयोजनाको अवसर पाउनुले पनि खाडी मुलुकहरुका लागि खुसीको खवर बनिरहेको थियो । तर, यसलाई अमेरिका जस्ता शक्ति राष्ट्रलाई त्यो अवसर पाएको विषय पाच्य थिएन ।

अमेरिकाले विगतदेखिनै कतारलाई आतंकवादमा सघाउ पु¥याएको आरोप लगाउँदै आइरहेको थियो । पछिल्लो पटक डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि कतार र अमेरिकावीचको असहमति मैदानमै देखिएको हो । जसका कारण खाडीका अन्य मुलुकलाई दवाव परेपछि उनीहरुले पनि कतारलाई एक्लो वनाएका हुन् ।

रोजगारीमा के हुन्छ असर

खाडी मुलुकको एकतामा आएको तुषारापातवाट कतारको आर्थिक अवस्थामा गम्भिर असर पर्ने देखिएको छ । तीव्र रुपमा पूर्वाधार क्षेत्रमा प्रगति गरिरहेको कतार खाडी मुलुकको एकतावाट एक्लो वनाइएपछि अव उसको व्यापार, रोजगारी र औद्योगिक विकासमा समेत ठूलो असर पर्ने जानकारहरु दावी गर्छन् ।

खाडी मुलुक भएपनि विश्वका थुप्रै मुलुकका नागरिकलाई रोजगारी प्रदान गरिरहेको कतार एक्लो भएपछि रोजगारीमा रहेका कामदार कटौती हुने अनुमान छ । उसले विगतमा लिइदै आउको कामदार संख्या घटाउने छ र अर्थतन्त्रमा पर्न सक्ने प्रभावको पूर्व अनुमान लगाउँदै विदेशी कामदार ल्याउने र आफ्नो मुलुकको मुद्रा विदेश लैजान कम अनुमति प्रदान गर्ने अनुमान लगाउन सकिन्छ ।

वैदेशिक रोजगारीका लागि अहिले ६ लाखको हाराहारिमा नेपाली कामदार कतारमा रहेको अनुमान छ । वैदेशिक रोजगार विभागका अनुसार कतार नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मुलुकभित्र पर्छ । खासगरी निर्माण र पूर्वाधार क्षेत्रमा नेपाली कामदार कतारमा छन् । विश्वकपकै कारण पनि पूर्वाधार निमार्णमा ठूलो संख्यामा नेपाली कामदार कतारमा कार्यरत छन् । सो क्षेत्रमा मात्रै ३ लाख भन्दावढी कामदार कतारमा छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलवहादुर तामाङ कतार एक्लो भएपछि सवै भन्दावढी नेपाली कामदारलाई असर पर्ने वताउँछन् । ‘यो घटनाले कतारको अर्थतन्त्रमा गम्भिर असर पुगेको छ, अव कतारमा महंगी वढ्ने, वेरोजगारी वढ्दै जाने हुन्छ’, तामाङले रातोपाटीसँग भने, ‘आर्थिक स्थिति कमजोर भएकाले यसवाट रोजगारीमा रहेका नेपालीको पनि रोजगारी गुम्ने खतरा वढी छ ।’ एक महिनाभित्र कुटनीतिक रुपमा यो समस्या समाधान नभएमा नेपालले प्रमुख रोजगार गन्तव्य कतारलाई गुमाउनुपर्ने अवस्था आउने उनले बताए ।

त्यहाँको आर्थिक अवस्थामा देखिने सम्भावित असरवाट नेपालीले रोजगारीवाट हात धुनुपर्ने र अव थप रोजगारीको माग आउन नसक्ने अनुमान लगाइएको छ । त्यहाँ भारतपछि नेपाली थुप्रै क्षेत्रमा कार्यरत रहेको जनाइएको छ । नेपाली कामदारलाई पनि रोजगारी गुम्ने खतरा वढेपछि थप चिन्तित वनाएको छ । यसका लागि सरकारी तवरवाट कुटनीतिक रुपमा पहल हुनुपर्ने वैदेशिक रोजगार व्यवसायीको भनाइ छ ।

युद्ध भए झनै खतरा

कतारमा विकसित कुटनीतिक समस्याका कारण सम्भावित युद्धको खतरा वढेको छ । यति सो मुलुकमा सेना परिचालन भएमा ठूलो संख्यामा रहेका नेपाली लगायत विदेशी कामदार समस्यामा पर्नेछन् । सुरक्षाका कारण सम्वेदनशिलता वढेपछि त्यहाँ रोजगारीमा रहेकालाई असर पर्ने देखिएको हो । यसका लागि सरकारले कुटनीतिक रुपमा पहल लिनुपर्ने व्यवसायी तामाङ वताउँछन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल