एप्पलले लञ्च गर्यो iOS 11, अब परिवर्तन हुनेछ तपाईंको आइफोन

एप्पलले लञ्च गर्यो iOS 11, अब परिवर्तन हुनेछ तपाईंको आइफोन

एजेन्सी

जेठ २३ – एप्पलको वार्षीक डेवलपर कन्फरेन्स अर्थात् डब्लूडब्लूडीसी (वर्ल्ड वाइड डेभलपर कन्फरेन्स) को सुरुवात भएको छ । यो क्रममा एप्पलले थुप्रै ठूला घोषणा गरेको छ । आइफोन प्रयोगकर्ताहरुका लागि सबैभन्दा विशेष नयाँ iOS 11 वर्जन रह्यो जसको घोषणा भइसकेको छ । आइओएस ११ मा साना ठूला थुप्रै परिवर्तन गरिएको छ ।

आइओएस ११ को साथै एप्पलले तीन अन्य ठूला घोषणा गरेका छन् । यसमा सीरी आधारित स्मार्ट स्पिकर HomePod र नयाँ iPad समावेश छन् । अब चाँडै नै बजारमा १०.५ इन्चको iPad Pro आउनेछ जो निकै उत्कृष्ट भएको कम्पनीले दाबी गरेको छ ।

मोबाइल वा ट्याब्लेटका साथै आशा गरिए अनुरुप कम्पनीले नयाँ म्याक ओएसको पनि घोषणा गरेको छ । यो नयाँ ओएसको नाम macOS High Sierra राखिएको छ र यसमा निकै सुधार गरिएको छ । कम्पनीले ग्राफिक्समा विशेष ध्यान दिएको छ ।

एप्पल वाच ओएसको नयाँ वर्जन WatchOS 4  को पनि घोषणा गरिएको छ ।

डब्लूडब्लूडीसीमा एप्पलले एक नयाँ शक्तिशाली डेस्कटप iMac Pro र १५ इन्चको अपडेटेड ल्यापटप MacBook Pro  पनि सार्वजनिक गरिएको छ ।

डब्लूडब्लूडीसीमा लञ्च भएका प्रोडक्ट यस्ता छन्ः

आइफोन र आइप्याडको ओएस अर्थात् iOS 11 बारे

iOS 11 – एप्पलले वर्ल्ड वाइड डेभलपर कन्फरेन्सको क्रममा आइफोन र आइप्याडका लागि नयाँ अपरेटिङ सिस्टम iOS 11 पेश गरेको छ । यसमा थुप्रै परिवर्तन छ जसमध्ये तपाईंलाई केही मन पर्न सक्छन् भने कुनै झण्झटिलो लाग्न सक्लान् ।

यी हुन् iOS 11 का ठूला परिवर्तनः

क्यामरा र फोटो फिचरः

अब लाइभ फोटोलाई पहिलेभन्दा प्रभावकारी बनाइएको छ । अब लाइभ फोटोमध्ये उत्कृष्ट फोटोलाई काटेर त्यसलाई मुख्य फोटोको रुपमा प्रयोग गर्न सकिन्छ । पोर्टेट मोड इमेजलाई अप्टिकल इमेज स्टेब्लाइजेशनसँगै अझै राम्रो बनाउन सकिन्छ । नयाँ अप्शन लूप र बाउन्ट इफेक्ट जोडिएको छ जसले फोटोलाई निकै रोचक बनाउँछन् । विशेष कुरा के छ भने कम्पनीले एक नयाँ प्रविधि पेश गरेको छ – हाई एफिशिएंसी इमेज फर्मेट । यसले आइफोन सेभेन र आइफोन सेभेन प्लसबाट खिचिएका फोटोको साइज कम गर्न सकिन्छ ।

मेसेजमार्फत पठाउन सक्नुहुन्छ पैसाः

एप्पल पे मार्फत अब प्रयोगकर्ताले एक अर्कालाई मेसेजबाटै पैसा पठाउन सक्नुहुन्छ । मेसेजमा एक नयाँ अप्सन हुनेछ जसलाई सेल्कट गर्नुपर्छ । सीरीलाई भनेर पनि पैसा पठाउन सक्नुहुन्छ । पठाइएका पैसालाई यूजर्स स्टोर्समा खरिद गर्नका लागि प्रयोग गर्न सकिन्छ वा त त्यसलाई बैंक अकाउन्टमा ट्रान्सफर पनि गर्न सक्नुहुन्छ ।

कार चलाउँदा ‘डू नट डिस्टर्ब’:

ड्राइभिङलाई सुरक्षित बनाउनका लागि ‘डू नट डिस्टर्ब ह्वाइल ड्राइभिङ’ को फिचर छ । यदि तपाईं कार चलाइरहनुभएको छ भने आइफोनले यसलाई पहिचान गर्नेछ र फोनको स्क्रिनलाई कालो बनाइदिन्छ । यति मात्र होइन तपाईंले कुनै पनि नोटिफिकेशन पनि देख्नुहुन्न । एउटा अटो रिप्लाई अप्सन इनेबल हुनेछ जसले सेन्डर र कलरलाई तपाईंले गाडी चलाइरहनुभएको छ भन्ने थाहा हुन्छ । ड्राइभिङ समाप्त भएपछि ड्राइभिङको क्रममा पाइने नोटिफिकेशन एक ठाउँमा देखिनेछ ।

नयाँ कन्ट्रोल सेन्टरः

अब कन्ट्रोल सेन्टरमा पूर्ण रुपमा परिवर्तन हुनेछ । यसमा पहिलेभन्दा धेरै अप्सन देखिनेछ । थ्रीडि टच प्रयोग गरेर पहिलेभन्दा धेरै जानकारी पाइनेछ ।

अग्मेन्टेड रियालिटी

अब डेभलपर आइफोन र आइप्याडको क्यामरामा हाई क्वालिटि अग्मेन्टेड रियालिटी एक्सपिरियन्सका लागि नयाँ टूल ल्याउन सकिन्छ । कम्पनीले इभेन्टको क्रममा एक रोचक वार डेमोन्स्ट्रेशनमार्फत अग्मेन्टेड रियालिटी एक्सपिरियनसको बारेमा बताइयो जसले निकै ताली बटुल्यो ।

सीरी अब पहिलेभन्दा धेरै उत्कृष्ट र फाइदाजनकः

कम्पनीका अनुसार सीरी संसारभरीका सबैभन्दा चर्चित पर्सनल एसिस्टेन्ट हो जसलाई संसारभरी ३७५ मिलियन एक्टिभ डिभाइसमा प्रयोग गरिन्छ । यसलाई प्रयोग गर्नेहरु ३६ देशमा छन् । सीरीमा आर्टिफिशियल इन्टेलिजेन्स र मेसिन लर्निङलाई अझै राम्रो गरिएको छ ता कि सीरीलाई थप प्रभावकारी बनाउन सकियोस् र तपाईंको कुरा बुझ्न सक्ने बनाउन सकियोस् । अब सीरीको जवाफमा उतार चढाव पनि देख्न पाइनेछ ।

यी ठूला परिवर्तनका साथै साना परिवर्तन पनि तपाईंको लागि निकै फाइदाजनक हुन सक्छः

एप स्टोरलाई पूर्ण रुपमा परिवर्तन गरिएको छ । लुक र फिल नयाँ छ ।

एप्पल म्याप्समा अब मलको फ्लोर प्लानबारे पनि जानकारी पाइन्छ ।

एप्पल म्यूजिकलाई पहिले भन्दा राम्रो बनाइएको छ । सब्सक्राइबर्सले अब म्यूजिक प्रोफाइल बनाएर साथीहरुलाई फलो गर्न सक्छन् ।

एप्पल न्यूजमा पनि परिवर्तन गरिएको छ । अब पाठकले स्टोरीलाई पर्सनलाइज गर्न सजिलो हुन्छ ।

वन ह्याण्ड किबोर्ड मोडबाट आइफोनमा टाइपिङ पहिलेभन्दा सजिलो भएको छ । नयाँ क्विक टाइप किबोर्ड जोडिएको छ । यो आइप्याडको लागि हो जसले यसलाई विशेष बनाउनका लागि ल्याइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल